२०८३ कार्तिक ११ गते मङ्गलबार

सन्यास लिने तयारीमा रोनाल्डो, भने: यो मेरो फुटबलको अन्तिम वर्ष हो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
UEFA Nations League Semi Final – Portugal v Switzerland

काठमाडौँ: पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन्। उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन्।

रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन्। उनले फुटबलपछि गर्ने कामका बारेमा समेत योजना बनाइसकेको बताएका छन्। ‘सम्भवतः यो मेरो फुटबलको अन्तिम वर्ष हो र म उत्कृष्ट विरासत छाड्न चाहन्छु। मैले आफ्नो भविष्यका लागि सबै योजना बनाइसकेको छु,’ रोनाल्डोले भनेका छन्।

२५ वर्षभन्दा लामो फुटबल करियरमा निरन्तरको मेहनत र त्यागपछि फुटबलबाट बाहिरिँदा ठूलो खालीपन महसुस हुन सक्ने भन्दै उनले त्यसलाई अन्य गतिविधिमार्फत पूरा गर्ने योजना रहेको बताए।

‘फुटबलले ठूलो खालीपन छाड्न सक्छ। त्यसैले समयलाई एउटै काममा होइन, विभिन्न तरिकाले व्यस्त राख्नुपर्छ,’ उनले भने। उनले भविष्यमा धेरै यात्रा गर्ने, प्याडेल खेल्ने तथा हेर्ने र आफ्नो करियरबाट प्राप्त उपलब्धिको आनन्द लिने बताए।

३९ वर्षका रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। त्यसयता उनी विश्व फुटबलका सबैभन्दा सफल र चर्चित खेलाडीमध्ये एक बनेका छन्। उनको अन्तिम विश्वकप यात्रा भने सन् २०२६ मा टुंगिएको छ। स्पेनसँगको अन्तिम १६ को खेलमा पोर्चुगल १–० ले पराजित भएपछि रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको हो। स्पेनका मिकेल मेरिनोले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बनेको थियो।

रोनाल्डोले यसअघि नै २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने संकेत गरेका थिए। विश्वकपमा उनको व्यक्तिगत उपलब्धि भने उल्लेखनीय रह्यो। पोर्चुगलले उनको पहिलो विश्वकप सन् २००६ मा चौथो स्थान हासिल गरेको थियो। त्यसपछि २०१० र २०१८ मा अन्तिम १६, २०१४ मा समूह चरण तथा २०२२ मा क्वार्टरफाइनलसम्म पुगेको थियो।

सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिँदा रोनाल्डोका लामो समयका प्रतिस्पर्धी लियोनल मेसीले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए। त्यसपछि फुटबलका दुई महान् खेलाडी रोनाल्डो र मेसीबीचको ‘ग्रेटेस्ट अफ अल टाइम’ (गोट) बहसले नयाँ मोड लिएको थियो।

२५ वर्षभन्दा लामो करियरमा रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र हाल साउदी अरेबियाको अल नासरबाट व्यावसायिक फुटबल खेलेका छन्। उनले क्लब तथा देशका लागि थुप्रै व्यक्तिगत तथा सामूहिक उपाधि जित्दै विश्व फुटबलमा आफ्नो छुट्टै विरासत बनाएका छन्। एएनआई

प्रकाशित: २०८३ भदौ १ गते सोमबार १२:५३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना