२०८३ कार्तिक १२ गते बुधबार

नेपाललाई ईयूको हवाई सुरक्षा सूचीबाट हटाउन सरकारले के गर्दैछ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
ganes

काठमाडौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कोशी प्रदेशका विभिन्न स्थानीय तहसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र प्रदेशअन्तर्गतका २९ वटा स्थानीय तहको सहकार्यमा ‘ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ।

मन्त्री पौडेलले आर्थिक वर्ष २०८३÷८४ का लागि इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्यटन पूर्वाधार विकासका लागि १ करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाका लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए।

त्यस्तै, कन्याम, फिक्कल र अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास तथा विस्तारका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए। यी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कुल चार करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए।

उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र कोशी प्रदेशका विभिन्न २९ वटा स्थानीय तहहरूको सहकार्यमा पर्यटन पूर्वाधार विकास आयोजना ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट सञ्चालन गरिरहेको छ। उक्त परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८३÷८४ का लागि समेत इलामको सूर्योदय नगरपालिकाको लागि एक करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाको लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।’

‘त्यस्तैगरी कन्याम, फिक्कल, अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास र विस्तार प्रयोजनको लागि तीन करोड रुपैयाँ गरी यस आर्थिक वर्षको लागि कुल चार करोड ९५ लाख विनियोजन भएको निवेदन गर्न चाहन्छु,’ उनले भने।

मन्त्री पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताए।

उनका अनुसार नेपाललाई उक्त सूचीबाट हटाउन उड्डयन सुरक्षा प्रणालीमा सुधारसँगै नियामकीय, क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा कूटनीतिक पहललाई समानान्तर रूपमा अघि बढाइएको छ।

मन्त्री पौडेलले ईयूले सन् २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन गरेको जानकारी दिए। उक्त मूल्याङ्कनबाट देखिएका सुधारका विषयमा लामो समयसम्म आवश्यक कार्यान्वयन हुन नसकेको उनले बताए।

मन्त्री पौडेलले आफूहरू सरकारमा आएपछि ईयूले औंल्याएका सुधारका विषयमा आवश्यक विवरण तयार गरी ५ जुन २०२६ मा युरोपेली संघसमक्ष पेश गरिएको जानकारी दिए।

उनका अनुसार नेपालले पेश गरेको विवरणबारे ईयूले १२ जुन २०२६ मा जानकारी पठाएको थियो। उक्त जानकारीअनुसार नेपालले पेश गरेका सुधारात्मक कार्ययोजनाको समीक्षा गर्मी बिदापछि गरी त्यसको नतिजा उपलब्ध गराउने ईयूले जनाएको मन्त्री पौडेलले बताए।

उनले भने, ‘युरोपेली संघले २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो। तर उक्त मूल्याङ्कनको खुला निष्कर्षहरूलाई अहिलेसम्म कार्यान्वयन नभईकन बसेको थियो,’ उनले भने, ‘हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली संघसमक्ष हामीले यसको विवरण पेश गरेका छौँ र संघले पनि १२ जुन २०२६ मा पठाएको जानकारीअनुसार ती सुधारात्मक कार्ययोजनाको समीक्षा उहाँहरूको भनाइअनुसार गर्मी बिदापछि गरेर हामीलाई उपलब्ध गराउँछौँ भन्नुभएको छ।’

मन्त्री पौडेलले नेपालको हवाई सुरक्षालाई थप सुदृढ बनाउँदै ईयूको एयर सेफ्टी लिस्टबाट नेपाललाई हटाउन आवश्यक सुधारका कामलाई निरन्तरता दिइरहेको बताए।

प्रकाशित: २०८३ भदौ २ गते मङ्गलबार ०५:३८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना