काठमाडौं – भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतको खेल भइरहेको छ। बैंगलोरको श्री कान्तिवीर रंगशालामा पौने ८ बजेबाट सुरु भएको खेलको पहिलो हाफ सकिएको छ।
पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। तर दुवै टिमले धेरै अवसर भने सिर्जना गरेका थिए। खेलको १९ औं मिनेटमा भारतको पोस्टबाट फर्किएको बललाई एरिक विस्टले पुन पोस्टतर्फ शक्तिसाली प्रहार गरे पनि गोलकिपरले मुस्किलले रोकेका थिए।
त्यस्तै, मनिष डाँगीले निकै राम्रो क्रस गरे पनि विमल घर्ति मगरले गोल भेट्न सकेनन। यो अवस्थामा नेपालका दुई फरार्ड भारतको एक डिफेन्डरसँग जुद्धिरहेका थिए।
त्यस्तै, खेलको ३५ औं मिनेटमा मनिले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रयास पनि बाहिरिएको थियो। यता भारतले पनि धेरै अवसर खेर फाल्यो। फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।
आज नेपाल जितको लक्ष्यका साथ मैदान उत्रिएको छ। त्यसैले उसले गोलका धेरै प्रयास पनि गरिरहेको छ। तर यसअघिको खेलमा नेपालले कुवेतसँग ३–१ को हार बेहोरेको थियो। कुवेतले आजै भएको अर्का खेलमा पाकिस्तनलाई ४–० ले हराएको छ।
आजको खेलमा जित निकाल्न सके मात्र नेपालको सेमीफाइनल सम्भावना कायम रहनेछ।


