काठमाडौँ- नेपालले समूह चरणको दोस्रो खेलमा पनि हार व्यहोर्दै समूह चरणबाटै घर फर्किने पक्का भएको छ। शनिबार राति बंग्लादेशको श्री कान्तीवीर रंगशालामा सम्पन्न भएको खेलमा नेपालले २–० को हार खेपेसँगै समूह चरणबाट बाहिरिएको हो।
नेपालविरुद्ध भारतका सुनिल क्षेत्री र महेश मरोयमले समान एकएक गोल गरेका थिए। खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि गोलरहित बराबरी भएका थियो। जहाँ दुवै टिमले राम्रो अवसर सिर्जना भएका थिए। तर सदुपयोग हुन सकेन।
यता दोस्रो हाफमा क्षेत्रीले भारतका लागि ९१ औं व्यक्तिगत गोल गरेका छन्। उनी भारतका सर्वाधिक गोलकर्तासमेत हुन्। अब भारत सेमीफाइनलमा पुग्ने पक्का भएको छ।
शनिबारको खेलसँगै भारत र कुवेत सेमीफाइनल पुगेका छन् भने सुरुआतका दुवै खेलमा हार बेहोरेपछि नेपाल र पाकिस्तान भने बाहिरिएका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ।
नेपालले पहिलो खेलमा कुवतेसँग ३–१ को हार व्यहोरेको थियो। तर आज भने नेपालले गोल गर्न सकेन। यसअघि नेपालले दुई वर्षअघि नेपालमै भएको मैत्रीपूर्ण खेलपछि भारतविरुद्ध गोल गर्न सकेको छैन।
यसअघिको साफका दुई खेलमा नै नेपालले भारतविरुद्ध गोल गर्न सकेको थिएन। अघिल्लो साफका दुई खेलमा नेपालले १–० र ३–० को हार बेहोरेको थियो। आजको खेलसँगै नेपाललले भारतसँग बेहोरेको हारको संख्या १७ पुगेको छ।
यसअघि नेपालले भारतसँग १६ पटक हारिसकेको छ।


