२०८३ भदौ ३० गते मङ्गलबार

लोकदोहोरी मेलाको अन्तिम दिन आज जमलमा प्रकाश सपुतदेखि रामजी खाँणसम्मको प्रस्तुति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
7b5b32f5-ad83-4641-83c7-4d84e5c20e46

काठमाडौँ: जमलस्थित टप दरबार रोधी क्लबमा तीन दिनदेखि गुञ्जिरहेको लोकदोहोरीको माहोल आज समापन हुँदैछ। क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजित ‘लोकदोहोरी मेला २०८३’ को अन्तिम दिन आज प्रकाश सपुत, रामजी खाँण, शान्ति रानी परियार, नारायण रायमाझीलगायत करिब एक दर्जन चर्चित कलाकारले प्रस्तुति दिने भएका छन्।

भदौ ५ गते भव्य उद्घाटनसँगै सुरु भएको मेलाले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीले मेलाको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा सहभागी अतिथि कलाकार तथा विशिष्ट व्यक्तित्वलाई बाजागाजासहित स्वागत गरिएको थियो। दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिको उपस्थितिले उद्घाटन समारोहलाई थप विशेष बनाएको थियो। त्यसपछि सुरु भएको सांगीतिक कार्यक्रममा ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत दर्जनौँ कलाकारले प्रस्तुति दिएका थिए। लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रह्यो।

विश्वज्योति मलको चौथो तलास्थित टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएपछि कतिपय दर्शकलाई कार्यक्रमस्थलबाट फर्काउनुपर्ने अवस्थासमेत आएको थियो। कलाकारका प्रस्तुतिमा दर्शकले गीत गाउँदै, नाच्दै र ताली बजाउँदै साथ दिएका थिए। तीन दिनसम्म सञ्चालन भएको मेलामा लोकदोहोरी क्षेत्रका स्थापित कलाकारसँगै नयाँ पुस्ताका कलाकारले समेत प्रस्तुति दिएका छन्।

टप दरबार रोधीमा नियमित रूपमा आबद्ध कलाकारको सहभागिताले पनि कार्यक्रमलाई निरन्तर सांगीतिक माहोलमा राखेको थियो। मेलाको अन्तिम दिन आज पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ। प्रकाश सपुत, रामजी खाँण, शान्ति रानी परियार, नारायण रायमाझीलगायत कलाकारले प्रस्तुति दिने भएपछि समापन साँझमा पनि दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। टप दरबार रोधी क्लबले नेपाली मौलिक लोकसंगीत, कला, संस्कृति तथा रोधी परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको जनाएको छ। स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई मञ्च उपलब्ध गराउने र कलाकार तथा दर्शकलाई एउटै थलोमा जोड्ने उद्देश्यसमेत मेलासँग जोडिएको छ।

क्लबका सञ्चालक अशोक गिरी करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा सक्रिय छन्। उनले यसअघि सञ्चालन गरेका विभिन्न दोहोरी साँझ तथा रोधीमार्फत धेरै कलाकारलाई आफ्नो सांगीतिक यात्रा अघि बढाउने अवसर दिएको बताउँदै अब टप दरबार रोधीलाई पनि लोकसंगीत र कलाकारको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्। करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबका अनुसार यहाँ प्रत्यक्ष रूपमा १०० भन्दा बढीले रोजगारी पाएका छन्।

नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि तथा पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा अघि सारिएको छ। तीन दिनसम्म साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन भएको लोकदोहोरी मेला आज अन्तिम सांगीतिक प्रस्तुतिसँगै समापन हुँदैछ। पहिलो दिनको भव्य उद्घाटनदेखि दर्शकको खचाखच उपस्थितिसम्म उत्साहजनक बनेको मेलाको अन्तिम साँझमा पनि चर्चित कलाकारको प्रस्तुतिले जमलको सांगीतिक माहोल तताउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०५:०६
प्रतिक्रिया

थप समाचार

‘झिँगेदाउ गर्दिनका लागि गरेको चलचित्र हो, तर जीवनभर सम्झिनलायक काम बन्यो’

बुहारीलाई दबिएर बस्नुपर्ने परम्परागत धारणाको पक्षमा म छैन। बुहारी हुनु भनेको निश्चित सामाजिक भूमिकामा सीमित हुनु होइन, मानवताको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्नु हो।

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक, मंसिरमा प्रर्दशनमा आउने

काठमाडौं। ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ। कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर...

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।

‘गौंथली’ बन्यो बढी कमाउने चलचित्र, कूल आम्दानी पौने २६ करोड

काठमाडौं। चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने...

साढे तीन करोडमा बनेको ‘बेहुली’को ट्रेलर सार्वजनिक, पाँच प्रतिशत बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्रका...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना