२०८३ भदौ ३० गते मङ्गलबार

विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलतः कुलमान घिसिङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ९
kulman

काठमाडौँः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्।

मंगलबार काठमाडौंमा बिजुलीमा लगाइएको भ्याट हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले उल्टै विद्युत्माथि करको भार बढाएको बताए।

‘देशमै विद्युत् खपत बढाउनुपर्छ। ग्यास रिप्लेस गर्नुप¥यो, पेट्रोल, डिजेल रिप्लेस गर्नुप¥यो। विद्युत् खेर जानुभन्दा त्यसको खपत बढाउनुपर्छ भन्ने कुरामा हामी सबै एकमत छौँ,’ उनले भने।

घिसिङले विद्युत् खपत बढाउनुपर्ने अवस्थामा विद्युत्मै कर लगाउने, विद्युतीय सवारीसाधन महँगो बनाउने र चार्जिङ स्टेसनमा भ्याट लगाउने नीति लिइएको भन्दै सरकारको आलोचना गरे।

‘विद्युत्मा ट्याक्स लगाउने, विद्युतीय गाडीहरूलाई महँगो बनाउने, चार्जिङ स्टेसनमा भ्याट लगाउने कार्यले विद्युत् खपतलाई निरुत्साहित गर्छ। यो गर्नु हुँदैन,’ उनले भने।

उनले विद्युत्मा लगाइएको भ्याटको असर उद्योगको उत्पादन लागत हुँदै आम उपभोक्तासम्म पुग्ने बताए। विद्युत् महँगिँदा चामल, डन्डी, सिमेन्ट, तेललगायतका वस्तुको मूल्य बढ्ने उनको भनाइ थियो।

‘विद्युत् महँगो हुँदा चामलको भाउ बढ्छ, डन्डीको भाउ बढ्छ, सिमेन्टको भाउ बढ्छ, तेलको भाउ बढ्छ। विद्युत्को मूल्य बढ्दा सबै उद्योगको लागत बढ्छ र त्यसको असर अन्ततः आम जनतालाई पर्छ,’ उनले भने।

घिसिङले सरकारको नीतिले विद्युतीय चुलो र विद्युतीय सवारीसाधनको प्रयोग बढाउने उद्देश्यविपरीत काम गरेको आरोप लगाए।

‘विद्युत् महँगो बनाउने, भ्याट लगाउने अनि विद्युतीय चुलो कसरी प्रवर्द्धन हुन्छरु विद्युतीय गाडी प्रवर्द्धन गर्न त भन्सारमा सहुलियत दिनुपर्छ, चार्जिङ स्टेसनमा सहुलियत दिनुपर्छ। उल्टै सबैमा भ्याट लगाएर कसरी विद्युत्को खपत बढ्छरु’ उनले प्रश्न गरे।

उनले विद्युत्को सट्टा ग्यास तथा पेट्रोलियम पदार्थको प्रयोग बढ्दा देशबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने बताए।

घिसिङले सरकारले सर्वसाधारणमाथि कर थपेर सीमित राजस्व उठाउनेभन्दा पेट्रोलियम पदार्थको आयात घटाउने नीति लिनुपर्नेमा जोड दिए।

‘चार खर्ब रुपैयाँको पेट्रोल, डिजेल र ग्यास आयात हुन्छ। त्यसलाई दुई खर्ब रुपैयाँले मात्रै घटाउन सकियो भने देशको दुई खर्ब रुपैयाँ बचत हुन्छ। जनताबाट १२ अर्ब रुपैयाँ कर उठाएर मात्र देश विकास हुन्छ भन्ने सोच गलत हो,’ उनले भने।

घिसिङले देशमा खेर गइरहेको विद्युत् स्वदेशमै खपत बढाउने र विदेश निर्यात गर्ने नीति आवश्यक रहेको बताए। निजी क्षेत्र र बैंकिङ क्षेत्रमा रहेको ठूलो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

‘देशको विद्युत् खपत गर, देशको विद्युत् निर्यात गर। खेर गइरहेको अर्बौँको विद्युत् बेचेर कमाउनुपर्छ। निजी क्षेत्रको लगानी बढाउनुपर्छ, लगानीका धेरै क्षेत्र छन्,’ उनले भने।

घिसिङले सरकार जनतामाथि थप करको भार थोपर्ने नीतिबाट पछि हटेर विद्युत्, सिँचाइ, खानेपानी र उद्योग क्षेत्रको लागत घटाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए।

प्रकाशित: २०८३ भदौ ९ गते मङ्गलबार ०१:५७
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना