२०८३ कार्तिक १७ गते सोमबार

रसुवा बाढी: ५०० बढी गाडी बगे, सात जलविद्युत आयोजनामा ठूलो क्षति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
flood

काठमाडौँ: रसुवामा बुधबार बिहान आएको भीषण बाढीले जिल्लाको भन्सार क्षेत्रदेखि जलविद्युत आयोजनासम्म ठूलो क्षति पुर्‍याएको छ।

प्रारम्भिक विवरणअनुसार रसुवा भन्सारमा रहेका ५०० भन्दा बढी सवारीसाधन बाढीले बगाएको छ। विद्युत उत्पादनसँग जोडिएका कम्तीमा सातवटा जलविद्युत आयोजनामा समेत गम्भीर क्षति पुगेको छ।

रसुवा भन्सार प्रमुख राजेन्द्र ढुंगानाका अनुसार बाढी आउँदा भन्सार परिसरमा करिब ५०० सवारीसाधन थिए। तीमध्ये ठूलो संख्यामा गाडी बाढीले बगाएको उनले बताए। बाढीपछि भन्सार क्षेत्रमा ठूलो भौतिक क्षति भएको र त्यहाँ रहेका अधिकांश संरचना तथा सामग्री सुरक्षित नरहेको उनको भनाइ छ।

भन्सार परिसरमा विभिन्न अटोमोबाइल कम्पनीले चीनबाट ल्याएका नयाँ गाडी राखिएका थिए। बीवाईडी, एमजी, वुलिङ, ओमोडा एन्ड जेको, नामी लगायतका ब्रान्ड रसुवा नाका हुँदै भित्रिने गरेका छन्।

बाढीको जोखिम बढेपछि भन्सारका कर्मचारीलाई सुरक्षित स्थानतर्फ सारिएको छ। उनीहरू हाल भन्सार क्षेत्रभन्दा माथिल्लो जंगल क्षेत्रमा रहेको बताइएको छ।

बाढीको असर जलविद्युत क्षेत्रमा पनि व्यापक देखिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी, त्रिशूली, देवीघाट, त्रिशूली–३ ‘बी’ लगायतका जलविद्युत आयोजनाका संरचनामा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली–२ ‘ए’, २४ मेगावाटको त्रिशूली जलविद्युत आयोजना, १४.१ मेगावाटको देवीघाट जलविद्युत आयोजना र ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ प्रभावित भएका छन्।

यसैगरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली आयोजना र ५ मेगावाटको सानो मैलुङ आयोजनामा पनि बाढीबाट क्षति पुगेको छ।

बाढीले २२०/१३२/३३ केभी क्षमताको त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको सबस्टेसनमा समेत असर गरेको छ। उत्पादन, प्रसारण र वितरणतर्फका संरचनामा क्षति पुगेपछि रसुवा तथा आसपासका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

बाढीबाट सडक, पुल, घर तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेको छ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ११:३७
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना