२०८३ भदौ ३० गते मङ्गलबार

बाढीको जोखिमपछि धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौँमै होल्ड [फोटो]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
Naagdhunga_-1459
तस्बिर: NPL
काठमाडौं । चीन तर्फबाट  आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल नजान आग्रह गरिएको छ।
उनले भने, ‘जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको छ।’
ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई समेत धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। सम्भावित बाढी तथा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सावधानी अपनाइएको प्रहरीले जनाएको छ।
नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत प्रहरीले रोक लगाएको छ।
बाढीको बहाव र जोखिमको अवस्था हेरेर सवारी आवागमनबारे थप निर्णय गरिने ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित: २०८३ भदौ १० गते बुधबार ११:४७
प्रतिक्रिया

थप समाचार

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा...

टिकटक र सेल्फीमय पशुपति परिसर [फोटोफिचर]

हरितालिका तीजको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो छ। तीजका अवसरमा विशेषगरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा...

ग्यास अभावको विरोध: आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना (तस्बिर)

 काठमाडौँ: सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन्। अखिल (क्रान्तिकारी)मा...

पोखराका सरकारी संरचना: भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट (तस्बिर)

जेन–जी आन्दोलनमा क्षतिग्रस्त पोखराका सरकारी भवनको वर्तमान अवस्था। वैकल्पिक ठाउँबाट काम चलेपनि गण्डकी प्रदेश सभा भवन, मन्त्री आवास, पोखरा महानगरपालिकाको कार्यालयसहित कतिपय सरकारी कार्यालय...

राजनीतिक उथलपुथलको एक वर्ष: के–के भयो? हेर्नुहोस् तस्बिरमा

गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ। जेन–जी आन्दोलनको एक वर्षको अवधिमा अन्तरिम सरकार बन्यो,...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना