२०८३ भदौ ३० गते मङ्गलबार

रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
mohan_acharya

काठमाडौं। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्याएको रसुवाका बताएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको बताए।

आचार्यका अनुसार तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्टका कारण आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।

उनले मानवीय क्षतिको यकिन विवरण तत्काल आकलन गर्न सकिने अवस्था नरहेको बताए। धेरै व्यक्तिसँग सम्पर्क हुन नसकेको र टेलिफोन सेवा अवरुद्ध हुँदा परिवारजन त्रसित रहेको उनको भनाइ छ।

‘राम्रो अवस्था छैन, सोचेको र अनुमान गरेकोभन्दा पनि धेरै ठूलो क्षति भएको छ,’ आचार्यले भने, ‘धेरै परिवारका सदस्य सम्पर्कमा नआउँदा आफन्तहरू आत्तिनुभएको छ।’

रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको उनले बताए। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गर्ने तयारी गरिएको बताए।

‘अहिले त्यहाँको भूगोलमा सडकबाट पुग्ने बाटो छैन,’ उनले भने, ‘हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’

सरकारले विपद्पछि तत्काल प्रतिक्रिया जनाउँदै उद्धार र राहतका लागि संयन्त्र परिचालन गरेको भन्दै आचार्यले सरकार र विपद् व्यवस्थापनमा खटिएका निकायलाई धन्यवाद दिए। सम्भावित उद्धारका लागि हेलिकोप्टर तथा अस्पताललाई तयारी अवस्थामा राखेर काम भइरहेको उनको भनाइ थियो।

बाढीको कारणबारे उनले तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्ट नै मुख्य कारण रहेको बताए। नेपालमा अत्यधिक वर्षा भएर नभई सीमापारिबाट आएको बाढी भएकाले तत्काल हवाई उडानका लागि दृश्यताको ठूलो समस्या नरहेको उनले बताए। तर प्रभावित क्षेत्रमै हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ।

आचार्यले विपद्को समयमा सबै नेपालीलाई एकजुट भएर प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरे। उनले राजनीतिक दल, संघसंस्था र आमनागरिकलाई बाढीपहिरो प्रभावितको पीडामा साथ दिँदै उद्धार, राहत र मानवीय सहयोगमा जुट्न अपिल गरे।

सरकारले रसुवाको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य तीव्र बनाउँदै जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार १२:२६
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना