धादिङ: रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी आउने गजुरी गाउँपालिका-२ र सिद्दलेक-६ जोड्ने फुर्केखोला पुल बगाएको छ।
गजुरी-५ र सिद्दलेक-७ घाटबेसीको पुल, गजुरी-६ र सिद्दलेक-७ जोड्ने जरेखेतको पुल बगाएको छ त्रिशुली नदीको पानी महेश दोभानबाट फर्किएर गल्छी-६ बैरेनी बजार जलमग्न भएको छ
बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ। पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ। गल्छी, जिन्टेटार, मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित छ बाढीको क्षतिको विवरण आउन बाँकी रहेको छ।
प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०३:१०