२०८३ भदौ ३० गते मङ्गलबार

बाढीले रसुवा, नुवाकोट र धादिङका ३२ पुल पूर्णरूपले ध्वस्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
Phurkekhola_Dhading_after flood_NPL (5)

काठमाडौँ: रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीले सडक सञ्जालमा ठूलो क्षति पुगेको छ।  सडक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार  ३२ वटा पुल पूर्णरूपले ध्वस्त भएका छन् भने ४ वटा पुल क्षतिग्रस्त भएका छन्। रसुवा र नुवाकोटका सबै पुल ध्वस्त हुँदा धादिङ र चितवनका ७ वटा पुल जोगिएका छन्।

विभागका अनुसार  रसुवा जिल्लामा रहेका १३ वटा महत्त्वपूर्ण पुलहरू बाढीले बगाएको छ। चीनसँगको व्यापारिक नाका जोड्ने उत्तरी क्षेत्रको मितेरी पुल (रसुवागढी) पूर्ण रूपमा ध्वस्त भएको छ। यसैगरी, टिमुरेस्थित दुईवटा बेली ब्रिज, भोटेकोशी र चिलिमे खोलामा रहेका स्थायी तथा बेली ब्रिजहरू पनि बाढीले बगाएको छ। स्याफ्रुबेसी र विभिन्न जलविद्युत् आयोजनाका लागि निर्माण गरिएका पुलहरू समेत बाढीको चपेटामा परेका छन्।

नुवाकोटमा बाढीले १५ वटा पुलहरूमा बगाएको छ। बेत्रावतीका पुराना र नयाँ दुवै पुल बाढीले बगाएको छ। यस्तै, त्रिशूली नदीमा रहेका तुप्छे, त्रिशूली बजार (पुरानो र नयाँ), सिमचौर र देवीघाट क्षेत्रका पुलहरू पनि पूर्ण रूपमा ध्वस्त भएका छन्। ताँदी खोलामा रहेका दुईवटा स्थायी पुलहरू पनि बाढीले बगाउँदा यो क्षेत्रको सडक सम्पर्क टुटेको छ।

धादिङ जिल्लामा पनि त्रिशूली नदीमा रहेका पुलहरूमा ठूलो क्षति पुगेको छ। स्यालटार र फुर्के खोलाका पुलहरू पूर्ण रूपमा बगेका छन् भने मटार, कोल्पु खोलाका पुलहरूमा गम्भीर क्षति पुगेको छ।

गल्छी नजिकैको भीमढुङ्गा लामीडाँडा सडक र बेनीघाट क्षेत्रका केही पुलहरू भने जोगिएका छन्। मुग्लिन क्षेत्रमा रहेका आर्च ब्रिज र पुरानो सस्पेन्सन ब्रिज भने सुरक्षित रहेको विवरणमा उल्लेख छ।

बाढीका कारण नुवाकोट, रसुवा र धादिङ जोड्ने पुल बगाउँदा स्थानीयहरूबीच सम्पर्कविच्छेद भएको छ भने चीनसँगको आवतजावत र व्यापार पनि प्रभावित भएको छ।

पूर्णरूपले ध्वस्त पुलहरू

रसुवा 
मितेरी पुल, रसुवागढी
टिमुरे पुल १ (बेली ब्रिज)
टिमुरे पुल २ (बेली ब्रिज)
भोटेकोशी पुल, चिलिमे
चिलिमे पुल, चिलिमे खोला
भोटेकोशी बेली ब्रिज, स्याफ्रुबेसी
स्याफ्रुबेसी पुल (स्थायी)
हाकु-१ बेली ब्रिज, त्रिशूली
हाकु-२ बेली ब्रिज, त्रिशूली
अप्पर त्रिशूली हाइड्रोपावर बेली ब्रिज
मैलुङ बेली ब्रिज, मैलुङ बजार
त्रिशूली नदी पुल, मैलुङ (त्रिशूली ३ए बाँध-१ नजिक)
त्रिशूली नदी पुल, मैलुङ (त्रिशूली ३ए बाँध-२ नजिक)

नुवाकोट जिल्ला 
बोक्टेकोशी नदी पुल, खाल्टे (नुवाकोट-रसुवा सिमाना)
बेत्रावती पुरानो पुल
बेत्रावती नयाँ पुल
त्रिशूली नदी पुल, तुप्छे
त्रिशूली नदी पुल, त्रिशूली बजार (पुरानो)
त्रिशूली नदी पुल, त्रिशूली बजार (नयाँ)
त्रिशूली नदी पुल, सिमचौर
देवीघाट नजिकैको झोलुङ्गे पुल
त्रिशूली नदी पुल, देवीघाट नजिक (मध्यपहाडी राजमार्ग)
ताँदी खोला पुल, देवीघाट
ताँदी खोला पुल, देवीघाट (नयाँ)
त्रिशूली नदी पुल, खड्गभञ्ज्याङ श्रीखाली सडक
त्रिशूली नदी पुल, बुद्धासिंहघाट
त्रिशूली नदी पुल, रातमाटे
त्रिशूली नदी पुल, केउरिनी, फोस्रेटार

धादिङ 
स्यालटार सडक पुल
त्रिशूली नदी पुल, जरेबगैँचा
त्रिशूली नदी पुल, घाटबेसी
त्रिशूली नदी पुल, फुर्के खोला (मलेखु)

क्षतिग्रस्त
त्रिशूली नदी पुल, मटार
कोल्पु खोला पुल (पुरानो)
कोल्पु खोला पुल (नयाँ)

धादिङ र चितवनमा जोगिएका पुल
त्रिशूली नदी पुल, भीमढुङ्गा लामीडाँडा सडक: (स्थान: गल्छी नजिक)
त्रिशूली नदी पुल, बेनीघाट: (बेनीघाट)
त्रिशूली नदी पुल, फिस्लिङ: फिस्लिङ)
त्रिशूली, चुम्लिङटार बेली ब्रिज: (चुम्लिङटार)
मुग्लिन आर्च ब्रिज: (मुग्लिन)
मुग्लिन पुरानो झोलुङ्गे पुल: (मुग्लिन)

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०८:५८
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना