निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको हो।
तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ– का बाट निर्वाचित सांसद् रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन्। सोही कारण रिक्त भएका ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएका थिए। लामिछाने पदमुक्त भएपछि रिक्त भएको चितवन–२ मा उपनिर्वाचन हुने भएको हो ।


