२०८३ भदौ ३० गते मङ्गलबार

सरकारसँग १२.८ अर्ब कर विवाद: कोकाकोलाका दुई कम्पनी नकारात्मक सूचीमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
cocacola

काठमाडौँ: कोकाकोलालगायत पेयपदार्थ उत्पादक बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड नकारात्मक सूचीसहित ‘क्रेडिट वाच लिस्ट’ मा परेका छन्। रेटिङ एजेन्सी इक्रा नेपालले दुवै कम्पनीको नकारात्मक असरको सम्भावनासहितको निगरानी यथावत राखेको जनाएको छ।

नकारात्मक प्रभावको सम्भावनासहितको निगरानीमा राख्नुको मुख्य कारण, सन् २०१४ मा बोटलर्सको विदेशमा स्वामित्व किनबेच कारोबार (अफसोर ट्रेडिङ) सँग रहेको छ। कम्पनीको स्वामित्वमा परिवर्तनपछि करसम्बन्धी कानुनी उल्झन आएको हो।

यसमा कर, जरिवाना र शुल्कसहित कुल १२.८ अर्ब रुपैयाँ बराबरको दायित्व समावेश छ। यसअघिको रेटिङका समयमा रहेको करिब १५.६ अर्ब रुपैयाँबाट घटेको छ।

किनकि बोटलर्स नेपाल तराईमा बहुमत स्वामित्व रहेको सहायक कम्पनीको हकमा दाबी गरिएको करिब २.८ अर्ब रुपैयाँ विवाद समाधान भइसकेको छ।

इक्राले माउ संस्था द कोकाकोल कम्पनीबाट प्राप्त हुने अप्रत्यक्ष सहयोगलाई सकारात्मक रूपमा हेरे पनि कर अधिकारीहरूलाई आवश्यक धरौटी रकम बुझाउन लिइएको ऋणका लागि ऋणदाता बैंकलाई काउन्टर ग्यारेन्टी उपलब्ध गराउनु, अन्तिम कर दायित्व यकिन हुँदा त्यसको भुक्तानी वा व्यवस्थापन कसरी गरिन्छ भन्ने पक्ष नै रेटिङका लागि निगरानी गरिने मुख्य विषय रहने स्पष्ट पारेको छ।

बोटलर्स नेपालले बुझायो ७० करोड कर, विवाद सकिएको कम्पनीको दाबी

ठूलो परिमाणको विवादित कर दायित्व कम्पनीले सन् २०१४ मा भएको अप्रत्यक्ष बहुमत स्वामित्व परिवर्तनसँग सम्बन्धित करिब १२.८ अर्ब रुपैयाँ ठूलो र विवादित कर दायित्वलाई कानुनी रूपमा चुनौती दिने क्रम जारी राखेको छ।

यसै प्रकरणमा बोटलर्स नेपाल तराईलेले फाइनान्स बिल २०२५ अन्तर्गतको आममाफी योजना रोज्दै ७८ करोड १० लाख रुपैयाँ विवादित मूल रकम भुक्तानी गरेको छ। जबकि, दाबीको बाँकी करिब ७२ प्रतिशत हिस्सा ब्याज, जरिवाना र दस्तुरहरू थिए।

जुन आममाफी योजनाअन्तर्गत मिनाहा गरिएका थिए। भुक्तानी गरेपछि उक्त दायित्वमा करिब २.८ अर्ब रुपैयाँको कमी आएको थियो। कम्पनीको खुद सम्पत्ति वा वार्षिक सञ्चालन नाफाको तुलनामा समग्र कर दाबी निकै उच्च रहेको छ। यदि वास्तविक दायित्वका रूपमा स्थापित भएर भुक्तानीका लागि कम्पनीको वासलातमा थप ऋण लिनुपर्ने अवस्था आएमा यसले कम्पनीको तरलता र वित्तीय अवस्थामा दबाब सिर्जना गर्नेछ।

दुई कम्पनीको कूल ऋण ७ अर्ब २७ करोड ३० लाख रुपैयाँ छ। जसअनुसार बोटलर्सको ३ अर्ब ३७ करोड ३० लाख र बोटल तराईको ३ अर्ब ९० करोड रुपैयाँ ऋण दायित्व रहेको छ।

हालसम्म द कोकाकोला कम्पनी समूहले प्रत्याभूतिमार्फत सहयोग प्रदान गर्दै आएको भए पनि इक्राले यससम्बन्धी थप घटनाक्रमहरूको निगरानी गरिरहने जानकारी गराएको छ। साथै, कर दायित्वको वास्तविक परिमाण अन्तिम टुङ्गो लागेपछि र तिनको भुक्तानीको विधि रेटिङलाई प्रभावित पार्ने मुख्य कारकहरू रहनेछन्।

बोटलर्स नेपालले बुझायो ७० करोड कर, विवाद सकिएको कम्पनीको दाबी

चालू आर्थिक वर्षमा सरकारले बजेटमार्फत मुद्धा प्रक्रियामा रहेका करदाताले कूल निर्धारण भएको करमा १ प्रतिशत थप गरि बुझाए लागेको जरिवाना, शुल्क र ब्याज सबै मिनाह गर्ने योजना ल्याएको छ।

बोटलर्स नेपालमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर २०७१ कात्तिक ७ मा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा लाभकर छलेको दाबी कार्यालयको छ।

बोटलर्ससँग सम्बन्धित कोकाकोला कम्पनीको स्वामित्व विदेशमा किनबेच (अफसोर ट्रेडिङ) गरेर नेपालमा कर छली गरिएको भेटिएको दाबी कार्यालयको छ। विदेशी स्वामित्वको सेयर विदेशमै किनबेच गर्दा नेपालको आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत पुँजीगत लाभकर लाग्छ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समय वोटलर्स नेपालको सेयरको बजार मूल्य कित्ताको तीन हजार ८८३ हुने र कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५३६ घटाउँदा हुन आउने तीन हजार ३४७ रुपैयाँ पुँजीगत लाभकर हुने दाबी कर कार्यालयको थियो।

यता बोटलर्सले कारोबार भएको मूल्यमा लाभकर लगाउनु पर्ने जिकिर गर्दै आएको थियो। बोटलर्सले कर विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ। बोटलर्स नेपालले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई विपक्ष बनाएर मुद्दा दर्ता गरेको छ।

राजस्व अनुसन्धान विभागले २०७८ फागुन २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा बोटलर्स नेपालको सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रुपैयाँ कर छली भएको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

बिगो रकमको शतप्रतिशत जरिवाना गर्दा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ असुल गर्न माग गरिएको थियो। राजस्व अनुसन्धान विभागले लामो समय लगाएर गरेको अनुसन्धानबाट २०७१ मा बोटलर्सको सेयर खरिदबिक्री गर्दा भएको लाभमा कर नबुझाएको पत्ता लगाएको थियो।

बोटलर्स नेपालमा ९८ प्रतिशत सेयर स्वामित्व विदेशी लगानीकर्ताको छ। त्यसमध्ये ७६ प्रतिशत कोकाकोला साउथ वेस्ट होल्डिङस लिमिडको र बाँकी २२ प्रतिशत स्वामित्व गोरखा ब्रुअरी प्रालिको छ।

दुई प्रतिशत लगानी सर्वसाधारणको सेयर लगानी छ। सन् १९७९ मा स्थापना भएको बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल तराई नेपालमा कोका कोला कम्पनीको आधिकारिक संस्था हो।

बोटलर्स तराईमा माउ कम्पनी बोटलर्स नेपालको ९१ प्रतिशत र बाँकी ९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। बोटलर्सले कोकाकोला, स्प्राइट, फेन्टा र किन्ले ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएका छ। दुवै कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन्।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०१:२७
प्रतिक्रिया

थप समाचार

एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा उद्यमी बटु लामिछाने मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले...

अरुण भ्याली हाइड्रोपावरले सेयरधनीलाई सवा २१ करोड लाभांश दिने

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते...

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना