२०८३ कार्तिक १५ गते शनिवार

सरकारसँग १२.८ अर्ब कर विवाद: कोकाकोलाका दुई कम्पनी नकारात्मक सूचीमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
cocacola

काठमाडौँ: कोकाकोलालगायत पेयपदार्थ उत्पादक बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड नकारात्मक सूचीसहित ‘क्रेडिट वाच लिस्ट’ मा परेका छन्। रेटिङ एजेन्सी इक्रा नेपालले दुवै कम्पनीको नकारात्मक असरको सम्भावनासहितको निगरानी यथावत राखेको जनाएको छ।

नकारात्मक प्रभावको सम्भावनासहितको निगरानीमा राख्नुको मुख्य कारण, सन् २०१४ मा बोटलर्सको विदेशमा स्वामित्व किनबेच कारोबार (अफसोर ट्रेडिङ) सँग रहेको छ। कम्पनीको स्वामित्वमा परिवर्तनपछि करसम्बन्धी कानुनी उल्झन आएको हो।

यसमा कर, जरिवाना र शुल्कसहित कुल १२.८ अर्ब रुपैयाँ बराबरको दायित्व समावेश छ। यसअघिको रेटिङका समयमा रहेको करिब १५.६ अर्ब रुपैयाँबाट घटेको छ।

किनकि बोटलर्स नेपाल तराईमा बहुमत स्वामित्व रहेको सहायक कम्पनीको हकमा दाबी गरिएको करिब २.८ अर्ब रुपैयाँ विवाद समाधान भइसकेको छ।

इक्राले माउ संस्था द कोकाकोल कम्पनीबाट प्राप्त हुने अप्रत्यक्ष सहयोगलाई सकारात्मक रूपमा हेरे पनि कर अधिकारीहरूलाई आवश्यक धरौटी रकम बुझाउन लिइएको ऋणका लागि ऋणदाता बैंकलाई काउन्टर ग्यारेन्टी उपलब्ध गराउनु, अन्तिम कर दायित्व यकिन हुँदा त्यसको भुक्तानी वा व्यवस्थापन कसरी गरिन्छ भन्ने पक्ष नै रेटिङका लागि निगरानी गरिने मुख्य विषय रहने स्पष्ट पारेको छ।

बोटलर्स नेपालले बुझायो ७० करोड कर, विवाद सकिएको कम्पनीको दाबी

ठूलो परिमाणको विवादित कर दायित्व कम्पनीले सन् २०१४ मा भएको अप्रत्यक्ष बहुमत स्वामित्व परिवर्तनसँग सम्बन्धित करिब १२.८ अर्ब रुपैयाँ ठूलो र विवादित कर दायित्वलाई कानुनी रूपमा चुनौती दिने क्रम जारी राखेको छ।

यसै प्रकरणमा बोटलर्स नेपाल तराईलेले फाइनान्स बिल २०२५ अन्तर्गतको आममाफी योजना रोज्दै ७८ करोड १० लाख रुपैयाँ विवादित मूल रकम भुक्तानी गरेको छ। जबकि, दाबीको बाँकी करिब ७२ प्रतिशत हिस्सा ब्याज, जरिवाना र दस्तुरहरू थिए।

जुन आममाफी योजनाअन्तर्गत मिनाहा गरिएका थिए। भुक्तानी गरेपछि उक्त दायित्वमा करिब २.८ अर्ब रुपैयाँको कमी आएको थियो। कम्पनीको खुद सम्पत्ति वा वार्षिक सञ्चालन नाफाको तुलनामा समग्र कर दाबी निकै उच्च रहेको छ। यदि वास्तविक दायित्वका रूपमा स्थापित भएर भुक्तानीका लागि कम्पनीको वासलातमा थप ऋण लिनुपर्ने अवस्था आएमा यसले कम्पनीको तरलता र वित्तीय अवस्थामा दबाब सिर्जना गर्नेछ।

दुई कम्पनीको कूल ऋण ७ अर्ब २७ करोड ३० लाख रुपैयाँ छ। जसअनुसार बोटलर्सको ३ अर्ब ३७ करोड ३० लाख र बोटल तराईको ३ अर्ब ९० करोड रुपैयाँ ऋण दायित्व रहेको छ।

हालसम्म द कोकाकोला कम्पनी समूहले प्रत्याभूतिमार्फत सहयोग प्रदान गर्दै आएको भए पनि इक्राले यससम्बन्धी थप घटनाक्रमहरूको निगरानी गरिरहने जानकारी गराएको छ। साथै, कर दायित्वको वास्तविक परिमाण अन्तिम टुङ्गो लागेपछि र तिनको भुक्तानीको विधि रेटिङलाई प्रभावित पार्ने मुख्य कारकहरू रहनेछन्।

बोटलर्स नेपालले बुझायो ७० करोड कर, विवाद सकिएको कम्पनीको दाबी

चालू आर्थिक वर्षमा सरकारले बजेटमार्फत मुद्धा प्रक्रियामा रहेका करदाताले कूल निर्धारण भएको करमा १ प्रतिशत थप गरि बुझाए लागेको जरिवाना, शुल्क र ब्याज सबै मिनाह गर्ने योजना ल्याएको छ।

बोटलर्स नेपालमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर २०७१ कात्तिक ७ मा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा लाभकर छलेको दाबी कार्यालयको छ।

बोटलर्ससँग सम्बन्धित कोकाकोला कम्पनीको स्वामित्व विदेशमा किनबेच (अफसोर ट्रेडिङ) गरेर नेपालमा कर छली गरिएको भेटिएको दाबी कार्यालयको छ। विदेशी स्वामित्वको सेयर विदेशमै किनबेच गर्दा नेपालको आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत पुँजीगत लाभकर लाग्छ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समय वोटलर्स नेपालको सेयरको बजार मूल्य कित्ताको तीन हजार ८८३ हुने र कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५३६ घटाउँदा हुन आउने तीन हजार ३४७ रुपैयाँ पुँजीगत लाभकर हुने दाबी कर कार्यालयको थियो।

यता बोटलर्सले कारोबार भएको मूल्यमा लाभकर लगाउनु पर्ने जिकिर गर्दै आएको थियो। बोटलर्सले कर विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ। बोटलर्स नेपालले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई विपक्ष बनाएर मुद्दा दर्ता गरेको छ।

राजस्व अनुसन्धान विभागले २०७८ फागुन २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा बोटलर्स नेपालको सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रुपैयाँ कर छली भएको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

बिगो रकमको शतप्रतिशत जरिवाना गर्दा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ असुल गर्न माग गरिएको थियो। राजस्व अनुसन्धान विभागले लामो समय लगाएर गरेको अनुसन्धानबाट २०७१ मा बोटलर्सको सेयर खरिदबिक्री गर्दा भएको लाभमा कर नबुझाएको पत्ता लगाएको थियो।

बोटलर्स नेपालमा ९८ प्रतिशत सेयर स्वामित्व विदेशी लगानीकर्ताको छ। त्यसमध्ये ७६ प्रतिशत कोकाकोला साउथ वेस्ट होल्डिङस लिमिडको र बाँकी २२ प्रतिशत स्वामित्व गोरखा ब्रुअरी प्रालिको छ।

दुई प्रतिशत लगानी सर्वसाधारणको सेयर लगानी छ। सन् १९७९ मा स्थापना भएको बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल तराई नेपालमा कोका कोला कम्पनीको आधिकारिक संस्था हो।

बोटलर्स तराईमा माउ कम्पनी बोटलर्स नेपालको ९१ प्रतिशत र बाँकी ९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। बोटलर्सले कोकाकोला, स्प्राइट, फेन्टा र किन्ले ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएका छ। दुवै कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन्।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०१:२७
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना