२०८३ कार्तिक १६ गते आईतबार

निर्माणाधीन २८५ मेगावाटको माथिल्लो तमोर आयोजनाले तमोर नदीमा बनायो बेली ब्रिज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
tamor_bridge

ताप्लेजुङ। तमोर नदीमा बेली ब्रिज निर्माण सम्पन्न गरिएको छ। यातायात सञ्चालन गर्नका लागी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तमोर इनर्जी प्रालिले बेल ब्रिज निर्माण गरेको हो।

फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेल ब्रिज निर्माण गरिएको हो। कुल सात करोड ८५ लाख १९ हजार रुपैयाँ लागतमा बेली ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार बेली ब्रिजको लम्बाई ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको छ। उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिकाले जनाएको छ।

तमोर इनर्जी लिमिटेडको प्रवर्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ।

एभरेष्ट बैंकको अगुवाईमा साढे ३८ अर्ब ऋण

आयोजना बनाउन ५५ अर्ब रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको छ। माथिल्लो तमोर जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले ३८ अर्ब ६० करोड लगानी गर्ने भएका छन्।

कुल ५५ अर्ब १५ करोड लागत अनुमान गरिएको २८५ मेगावाटको उक्त आयोजनामा स्वपुँजीमार्फत १६ अर्ब ५५ करोड लगानी गरिने भएको हो।

बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने भएको हो।

यो आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापन सहवित्तीकरण अन्तर्गत एभरेष्ट बैंकको अगुवाइ रहने छ।

त्यस्तै कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएलको सहनेतृत्व रहने छ। लगानीकर्ता बैंकहरू राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र गरिमा बैंक रहेका छन्।

नेपाल विद्युत प्राधिकरणले आयोजनाको विकासकर्ता तमोर इनर्जीबीच विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ।

कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २८५ मेगावाटसम्म विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ। २०७५ जेठ २७ गते तमोरले आयोजनाबाट बिजुली उत्पादन गर्न मन्त्रालयबाट लाइसेन्स पाएको हो।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०७८ असार ८ गते बसेको लगानी बोर्डको ४७ औं बैठकले माथिल्लो तमोरमा लगानी स्वीकृत गरेको थियो।

आयोजनाबाट वार्षिक १ अर्ब ४७ करोड ९८ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार १ अर्ब ३ करोड ३६ लाख र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ। अर्धजलाशय आयोजनाले सुक्खायाममा ६ घण्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्नेछ।

गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको सानिमा हाइड्रो ग्रुपले आयोजनाको जलविद्युत लगानीकर्ता पुष्पज्योति ढुंगानालाई बेचेको हो। ढुंगानाले ४४ मेगावाटको माथिल्लो मादी आयोजना सञ्चालन गरिरहेका छन्।

आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभीको करिब १५ किमी लामो डबल सर्किट विद्युत प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेशनमा लगि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

प्रकाशित: २०८३ भदौ १४ गते आईतबार ०८:४५
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना