रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन्।

बाढीमा हराएका आफन्तको खोजीका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ।

बाढी आएको २/३ दिन देखि आफन्त तथा परिवारजनहरू अस्पतालमा पुगेर तस्बिर टाँस्दै खोजी गरिरहेका छन्। हालसम्म २ हजार ४ सयभन्दा बढी व्यक्ति हराएको विवरण दर्ता भएको छ।