२०८३ भदौ ३० गते मङ्गलबार

पृथ्वी राजमार्गको कृष्णभीरलगायत मुख्य सडकहरु पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
krishnabhir_1

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज आइतबार साँझ ५ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

पृथ्वीलोकमार्ग अन्तर्गत बेनिघाट रोराङ गापा ७ कृष्ण भिरमा बिहान ८ः०० बजे र गजुरी गापा ०२ परेवा भिरमा दिउँसो १२ः०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरोध भएको छ।

जसमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं ३ भट्टेडाँडा पाण्डुरमा आज दिउँसो १४ः४० बजे पहिरो खसेका कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं ९ राजदुवाली झापादेखि ताप्लेजुङ सडकमा अविरल वर्षाका कारण पूर्ण रूपमा अवरोध भएको छ। उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।

विपि राजमार्गमा सम्भावित बाढीका कारण राती १६ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ः०० बजेदेखि साँझ १६ः०० बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन दिइनेछ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गापा वडा नं ५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ। यो अवरोध लामो समयसम्म रहने जनाइएको छ। यस्तै, अन्य मुख्य राजमार्गका सबै क्षेत्रहरूमा पनि बाढीका कारण पूर्ण अवरोध रहेको छ।

टोखा छहरे सडक खण्डको शिवपुरी गापा घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। साथै, पसाङ ल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।

अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गापा २ कोदारीमा आज बिहान ७ः०० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बेनी जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गापा २ बैँसरीमा आज बिहान ५ः५५ बजे पहिरो खसेका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगु नाग्म देखि मुगु गमगढी आउने सडक खण्ड अन्तर्गत छाँयानाथ रारा नपा वडा नं ७ झ्यारीखोला र टोक्लास्थित सडकमा आज दिउँसो १४ः३० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।

नेपाल प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको जनाएको छ। मौसम प्रतिकूल रहेकाले अत्यन्त आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा कन्ट्रोल रूममा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणमा अनुरोध गरिएको छ।

 

प्रकाशित: २०८३ भदौ १४ गते आईतबार ०७:४२
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना