काठमाडौं– फुटबल मैदानमा गोलकिपरलाई अक्रमण गरेपछि पिएसभी इन्धोवेनका फुटबल समर्थकलाई ४० वर्षको प्रतिबन्ध लागेको छ। सेभियाका गोलकिपर मार्को डिमोत्रिभलाई युरोपा लिगको खेलका दौरान मैदानमा पसेर आक्रमण गरेपछि उनी माथि प्रतिबन्ध लागेको हो।
२० वर्षे युवाले यसअघि नै राष्ट्रिय रंगशालाबाट पनि प्रतिबन्ध भोगिसकेको छन्। उनलाई तीन महिना जेल सजाय पनि गरिएको थियो। अहिलेको प्रतिबन्धमा उनलाई खेल हेर्न मात्र होइन, पिएसभीको फिलिप रंगशाला छेउछाउन जानबाट दुई वर्षको प्रतिबन्ध लागेको छ।
गत फेब्रुअरीमा सम्पन्न युरोपा लिगको समूह चरणको अन्तिम खेलमा सेभियाका गोलकिपरलाई मुक्का हानेका थिए। सो खेलमा सेभियाले पिएसभीसँग २–० को हार बेहोरे पनि समग्रमा ३–२ को जित निकालेर अर्को चरण पुगेको थियो।


