२०८३ कार्तिक १६ गते आईतबार

भोटेकोशी महाविपत्तिमा इप्पानद्वारा १३ करोड १ रुपैयाँ सहयोग हस्तान्तरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
ippan_donation

काठमाडौँ: भोटेकोशी नदीमा आएको महाविपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० र यससँग आबद्ध जलविद्युत कम्पनीहरूले १३ करोड १ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

इप्पानका अनुसार २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ४ वटा गरी १२ वटा विद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ। अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत उत्पादन क्षमता नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीबाट विच्छेद भएको इप्पानले जनाएको छ।

बाढीका कारण अर्बौं रुपैयाँ लगानीमा निर्माण भएका जलविद्युत आयोजना तथा प्रसारण प्रणालीका संरचनामा क्षति पुगेको छ। ऊर्जा क्षेत्रमा कार्यरत इन्जिनियर, प्राविधिक, विज्ञ, विशेषज्ञ तथा कामदारसमेत प्रभावित भएको भन्दै इप्पानले दुःख व्यक्त गरेको छ।

आफ्नै आयोजनाहरूमा ठूलो क्षति पुगेको अवस्थामा समेत इप्पानले विपद्पीडित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरेको जनाएको छ। इप्पानको २०८३ साल भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।

त्यसपछि इप्पानले आफ्ना सदस्य जलविद्युत कम्पनीहरूलाई आर्थिक सहयोगका लागि आह्वान गरेको थियो। उक्त आह्वानपछि इप्पान र यससँग आबद्ध कम्पनीहरूले ५० हजार रुपैयाँदेखि १ करोड ६५ लाख रुपैयाँसम्म सहयोग गरेका छन्। यसरी संकलित कुल १३ करोड १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम एकमुष्ट रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे। कार्यक्रममा इप्पानसँग आबद्ध विद्युत विकासकर्ता तथा विभिन्न विद्युत कम्पनीका प्रतिनिधिहरूले मन्त्री श्रेष्ठलाई चेक तथा भौचरसमेत हस्तान्तरण गरेका थिए।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष डाँगीले भोटेकोशी महाविपत्तिमा निजी क्षेत्रका विद्युत आयोजनाहरू आफैँ ठूलो क्षतिमा परेको अवस्थामा समेत विपद्पीडित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरिएको बताए।

“विपद्को समयमा निजी क्षेत्रका आफ्नै विद्युत आयोजनाहरू बगेर ठूलो क्षति भएको अवस्थामा पनि हामीले आफ्नो पीडालाई केही समयका लागि बिर्सेर अझ ठूलो पीडामा रहेका नागरिकको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरेका हौँ,” उनले भने, “राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व हो। यस्तो विपद्मा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान र निजी ऊर्जा क्षेत्र तयार छ।”

डाँगीले उक्त सहयोगलाई आर्थिक सहयोगमा मात्र सीमित नभई आफ्ना आयोजना गुमाएका ऊर्जा उद्यमीहरूको संवेदना, सहकर्मी तथा कामदार गुमाएका कम्पनीहरूको पीडा र विपद्मा परेका नागरिकप्रतिको मानवीय दायित्वका रूपमा लिनुपर्ने बताए।

सहयोग रकम ग्रहण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी महाविपत्तिपछि सरकार उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको बताए।

मन्त्री श्रेष्ठले आफ्नै आयोजनामा ठूलो क्षति व्यहोरेको अवस्थामा समेत इप्पान र यससँग आबद्ध विद्युत कम्पनीहरूले विपद्पीडित नागरिकका लागि गरेको सहयोग प्रशंसनीय रहेको बताए। इप्पानबाट प्राप्त सहयोगले सरकारको उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माण अभियानमा थप मनोबल बढाएको उनको भनाइ थियो।

विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने भन्दै उनले निजी क्षेत्रलगायत सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दुवाडीले इप्पान तथा यससँग आबद्ध कम्पनीहरूले गरेको सहयोगले सरकारले अघि बढाउने पुनःनिर्माण अभियानमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०६:०६
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना