२०८३ कार्तिक १६ गते आईतबार

रसुवा बाढी: विद्युत् क्षेत्रमा परेको जोखिमबारे क्षेत्रीय अध्ययन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
789136249_1369208618615534_418623616146241419_n

काठमाडौँ: रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा अन्य विद्युत् पूर्वाधारमा गम्भीर क्षति पुगेको भन्दै विद्युत् नियमन आयोगले प्राकृतिक विपद्का बेला विद्युत् क्षेत्रलाई थप सुरक्षित र प्रतिरोधी बनाउने विषयमा क्षेत्रीय अध्ययन अघि बढाउने भएको छ।

दक्षिण एसियाली पूर्वाधार नियमन मञ्च (साफिर) को भारतको हरियाणा, मानेसरमा भदौ १४ र १५ गते बसेको कार्यसमिति तथा निर्देशक समितिको बैठकले ‘विपद् प्रतिरोधी विद्युत् नियमन’ सम्बन्धी प्राविधिक अध्ययन तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको आयोगले जनाएको छ।

उक्त कार्यदलको नेतृत्व विद्युत् नियमन आयोगले गर्नेछ। कार्यदलमा भारत, भुटान, बंगलादेश र श्रीलंकाका नियामक निकायहरूको सक्रिय सहभागिता रहनेछ।

आयोगका अनुसार कार्यदलले प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने नियामकीय मापदण्ड, जोखिम बाँडफाँड संयन्त्र तथा विपद्को अवस्थामा समेत सीमापार विद्युत् व्यापारको निरन्तरता सुनिश्चित गर्ने कार्यविधिसहित साझा क्षेत्रीय नियामकीय खाका तयार गर्न अध्ययन गर्नेछ।

आयोगले भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, गोरखा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार, बेपत्ता तथा घाइते नागरिकप्रति समवेदना व्यक्त गरेको छ।

आयोगका अनुसार बाढीबाट सडक, पुल र बस्तीमा क्षति पुग्नुका साथै विभिन्न जलविद्युत् आयोजना, प्रसारण प्रणाली तथा अन्य विद्युत् पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ। सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिको निरन्तरता र आयोजना पुनःस्थापनामा चुनौती थपिएको आयोगले जनाएको छ।

यसैबीच, आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत आयोगले उक्त रकमको चेक हस्तान्तरण गरेको हो। रकम उद्धार, राहत, पुनःस्थापना तथा प्रभावित नागरिकको सहयोगमा उपयोग हुने आयोगले जनाएको छ।

आयोगले भोटेकोशी बाढीले प्राकृतिक विपद्लाई कुनै एउटा आयोजना वा अनुमतिपत्रप्राप्त संस्थासम्म सीमित जोखिमका रूपमा मात्र हेर्ने परम्परागत नियामकीय दृष्टिकोण पर्याप्त नरहेको देखाएको जनाएको छ।

नदी बेसिनमा हुने ठूलो प्राकृतिक विपद्को प्रभाव एउटा आयोजनामा मात्र सीमित नरही विद्युत् उत्पादन तथा आपूर्ति, प्रसारण प्रणालीको स्थायित्व, विद्युत् व्यापार, आयोजनाको वित्तीय दायित्व तथा सीमापार विद्युत् प्रवाहसम्म पर्न सक्ने आयोगको निष्कर्ष छ।

आयोगले प्रभावित क्षेत्रमा विद्युत् सेवाको सुरक्षा, निरन्तरता र यथाशीघ्र पुनःस्थापनाका लागि उत्पादन, प्रसारण तथा वितरण संस्थासँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक अवस्था, जोखिम तथा पुनःस्थापनाको प्रगतिबारे आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित संस्थाहरूलाई आयोगले आग्रहसमेत गरेको छ।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०४:१८
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना