२०८३ भदौ ३० गते मङ्गलबार

साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
whatsapp

काठमाडौं। व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा उपाय ल्याएको जनाएको छ।

नयाँ अपडेटअन्तर्गत अब प्रयोगकर्ताले दुई–चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड राख्न सक्नेछन्। यसले पासवर्ड अनुमान गर्न अझ कठिन बनाउने कम्पनीको विश्वास छ। त्यसैगरी, अब एउटै व्हाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी थप्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।

आईओएस र एन्ड्रोइड दुवै उपकरण प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ। सन् २०२४ मा सुरु गरिएको पासकी प्रणालीले पासवर्डको सट्टा फेस आईडी वा फिङ्गरप्रिन्ट प्रयोग गरेर लगइन गर्न मिल्ने सुविधा दिन्छ। यसले प्रयोगकर्ता नाम र पासवर्ड चोरी गरेर गरिने फिसिङ आक्रमणको जोखिम उल्लेखनीय रूपमा घटाउने बताइएको छ।

यसका साथै, अपरिचित नम्बरबाट आउने कलका बारेमा थप जानकारी देखाउने सुविधा पनि थपिएको छ। जसले शंकास्पद कल पहिचान गर्न प्रयोगकर्तालाई सहयोग गर्ने कम्पनीको भनाइ छ।

हालका वर्षहरूमा अनलाइन ठगी र ह्याकिङका घटना बढ्दै गएपछि व्हाट्सएपसहित सिग्नल र टेलिग्रामजस्ता मेसेजिङ प्लेटफर्महरूले प्रयोगकर्ताको सुरक्षा मजबुत बनाउन यस्ता नयाँ सुरक्षा सुविधा थप्ने क्रम तीव्र बनाएका छन्। एएनआई

 

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०९:१४
प्रतिक्रिया

थप समाचार

सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरु निगरानीमा, १० सदस्यीय समिति गठन

रुपन्देही: बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ। नेपाल प्रहरीले सामाजिक...

स्मार्ट टेलिकमक प्रकरण: एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा...

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार...

नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजिनामा

काठमाडौँ: एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। नियुक्ति लिएको १ वर्ष पनि नपुग्दै नेपालमा काम गर्न गाह्रो भएको र विदेशी लगानीको वातावरण नरहेको भन्दै उनले राजीनामा...

एप्पलले बनायो फोल्ड गर्न मिल्ने आइफोन-१८, आउँदो साता सार्वजनिक गर्ने

काठमाडौं।अमेरिकाको प्रविधि कम्पनी एप्पल इंकले यही सेप्टेम्बर ९ मा वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने भएको छ। कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना