२०८३ कार्तिक १६ गते आईतबार

५ निर्माण कम्पनीलाई सरकारी ठेक्कामा रोक, तीन वर्षसम्म कालोसूचीमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
sarbajanik kharid

काठमाडौँः पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता अब निश्चित अवधिसम्म सरकारी ठेक्का प्रक्रियाबाट बाहिरिएका छन्। सार्वजनिक खरिद कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा उनीहरूलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कार्यालयले भदौ १७ गते गरेको निर्णयअनुसार कालोसूचीमा परेका कम्पनी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कालोसूचीमा पर्नेमा सबैभन्दा लामो अवधिका लागि धनुषास्थित अभिनाश निर्माण सेवा परेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहलको सिफारिसमा उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो। कम्पनीका मुख्य व्यक्ति दीपक कुमार साह हुन्।

त्यस्तै, तिनकुने, काठमाडौंस्थित गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालिलाई दुई वर्षका लागि सरकारी खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, पालुङटार, गोरखाको सिफारिसमा कम्पनीलाई कालोसूचीमा राखिएको हो। कम्पनीका मुख्य व्यक्ति तुलसीराम भण्डारी रहेका छन्।

अन्य तीन कम्पनीलाई भने एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

शिक्षा विकास निर्देशनालय, दिपायल, डोटीको सिफारिसमा काठमाडौं महानगरपालिका–१० स्थित इन्द्रायणी बिल्डर्स एन्ड सप्लायर्स प्रालि एक वर्षका लागि कालोसूचीमा परेको छ। कम्पनीकी मुख्य व्यक्ति सुमित्रा भण्डारी हुन्।

यस्तै, इटहरी उपमहानगरपालिकाको सिफारिसमा दुहबी–५, सुनसरीस्थित बस्नेत निर्माण सेवालाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त निर्माण सेवाका मुख्य व्यक्ति प्रेम बस्नेत र निश्चल राज शाक्य रहेका छन्।

गढवा गाउँपालिका, दाङको सिफारिसमा घोराही–४ स्थित सी. ब्रोदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि पनि एक वर्षका लागि कालोसूचीमा परेको छ। कम्पनीका मुख्य व्यक्ति मनोज चौधरी हुन्।

सार्वजनिक खरिद कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको हो। निर्णयसँगै सम्बन्धित कम्पनी तथा आपूर्तिकर्ताले कालोसूचीमा रहेको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार १२:०७
प्रतिक्रिया

थप समाचार

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना