२०८३ कार्तिक १५ गते शनिवार

नेपालमा वैदेशिक लगानीको मौज्दात ३ खर्ब ४० अर्ब पुग्यो, भारत सबैभन्दा ठूलो लगानीकर्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
baideshik lagani

काठमाडौँः नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को कुल मौज्दात (स्टक) ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०२४/०२५ को सर्वेक्षण प्रतिवेदनअनुसार एक वर्षमा वैदेशिक लगानीको मौज्दात २.१ प्रतिशत बढेको हो।

समीक्षा अवधिमा नेपालमा कुल १२ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो। लगानीकर्ताले ४ अर्ब ७० करोड रुपैयाँ लगानी फिर्ता लगेपछि खुद वैदेशिक लगानी भने ७ अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार कुल वैदेशिक लगानीमा चुक्ता पुँजीको हिस्सा सबैभन्दा बढी रहेको छ। पुनःलगानी गरिएको आम्दानीले पनि कुल लगानीको एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ। यसले नेपालमा रहेका विदेशी लगानीकर्ताले आफ्नो व्यवसाय विस्तारमा थप लगानी गरिरहेको संकेत गर्ने राष्ट्र बैंकको निष्कर्ष छ।

क्षेत्रगत रूपमा औद्योगिक क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी केन्द्रित छ। विशेषगरी उत्पादनमूलक तथा विद्युत् र ऊर्जा क्षेत्रमा विदेशी लगानी बढी रहेको छ। सेवा क्षेत्रमा भने वित्तीय तथा बीमा क्षेत्र प्रमुख लगानी प्राप्त गर्ने क्षेत्र बनेका छन्।

देशगत रूपमा भारत नेपालमा सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता रहेको छ। भारतपछि चीन, आयरल्याण्ड, अस्ट्रेलिया र सिंगापुर प्रमुख लगानीकर्ता रहेका छन्।कूल लगानीमा भारतको हिस्सा ३२.८, चीनको ९.३, आयरल्याण्डको ७.३, अष्ट्रेलियाको ६.५ र सिङापुरको ५.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

कूल एफडीआई स्टकमध्ये उत्पादन क्षेत्रले २७.८, बिजुली, ग्यास, स्टीम र वातानुकूलित क्षेत्रले २७.८ र वित्तीय तथा बीमा सेवा क्षेत्रले २६.३ प्रतिशत हिस्सा ओगटेको छ।

प्रदेशगत रूपमा भने वैदेशिक लगानी बागमती प्रदेशमै बढी केन्द्रित रहेको छ। ठूला सहरी तथा औद्योगिक क्षेत्रमा लगानी केन्द्रित भएकाले अन्य प्रदेशमा पनि पूर्वाधार, यातायात तथा लगानीमैत्री वातावरण सुधार गर्नुपर्ने आवश्यकता राष्ट्र बैंकले औंल्याएको छ।

राष्ट्र बैंकका अनुसार वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको इक्विटीमा प्रतिफल ११.२ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा यस्ता कम्पनीहरूले ३३ अर्ब ९१ करोड रुपैयाँ लाभांशका रूपमा विदेश लगेका छन्।निर्माण क्षेत्रले लाभांश फिर्ताको लागि सबैभन्दा धेरै स्वीकृति प्राप्त गरेको थियो। त्यसपछि वित्तीय र बीमा सेवा क्षेत्र रहेको छ।

विदेशी लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगहरूले मध्यम क्षमतामा सञ्चालन भए पनि समीक्षा अवधिमा राम्रो नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ। जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा विदेशी ऋणले पनि लगानी व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

नेपालले पछिल्ला वर्ष लगानी नीति र प्रक्रियामा सुधार गर्दै अनलाइन तथा डिजिटल सेवा विस्तार गरेको राष्ट्र बैंकले जनाएको छ। तर, भौतिक पूर्वाधारको कमी, कानुनी तथा प्रक्रियागत ढिलासुस्ती र जग्गा प्राप्तिमा हुने समस्या अझै वैदेशिक लगानी बढाउने प्रमुख चुनौतीका रूपमा रहेका छन्।

क्षेत्रीय तथा विश्वव्यापी आर्थिक अनिश्चितताबीच पनि नेपालमा वैदेशिक लगानीको अवस्था सकारात्मक देखिएको राष्ट्र बैंकको निष्कर्ष छ। आगामी दिनमा नीतिगत सुधार, परियोजना कार्यान्वयनमा सुधार तथा विभिन्न क्षेत्र र प्रदेशमा लगानी विस्तार गर्न सके नेपालको आर्थिक वृद्धिमा वैदेशिक लगानीको योगदान थप बढ्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०३:३०
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना