२०८३ भदौ ३० गते मङ्गलबार

नेपालमा वैदेशिक लगानीको मौज्दात ३ खर्ब ४० अर्ब पुग्यो, भारत सबैभन्दा ठूलो लगानीकर्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
baideshik lagani

काठमाडौँः नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को कुल मौज्दात (स्टक) ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०२४/०२५ को सर्वेक्षण प्रतिवेदनअनुसार एक वर्षमा वैदेशिक लगानीको मौज्दात २.१ प्रतिशत बढेको हो।

समीक्षा अवधिमा नेपालमा कुल १२ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो। लगानीकर्ताले ४ अर्ब ७० करोड रुपैयाँ लगानी फिर्ता लगेपछि खुद वैदेशिक लगानी भने ७ अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार कुल वैदेशिक लगानीमा चुक्ता पुँजीको हिस्सा सबैभन्दा बढी रहेको छ। पुनःलगानी गरिएको आम्दानीले पनि कुल लगानीको एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ। यसले नेपालमा रहेका विदेशी लगानीकर्ताले आफ्नो व्यवसाय विस्तारमा थप लगानी गरिरहेको संकेत गर्ने राष्ट्र बैंकको निष्कर्ष छ।

क्षेत्रगत रूपमा औद्योगिक क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी केन्द्रित छ। विशेषगरी उत्पादनमूलक तथा विद्युत् र ऊर्जा क्षेत्रमा विदेशी लगानी बढी रहेको छ। सेवा क्षेत्रमा भने वित्तीय तथा बीमा क्षेत्र प्रमुख लगानी प्राप्त गर्ने क्षेत्र बनेका छन्।

देशगत रूपमा भारत नेपालमा सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता रहेको छ। भारतपछि चीन, आयरल्याण्ड, अस्ट्रेलिया र सिंगापुर प्रमुख लगानीकर्ता रहेका छन्।कूल लगानीमा भारतको हिस्सा ३२.८, चीनको ९.३, आयरल्याण्डको ७.३, अष्ट्रेलियाको ६.५ र सिङापुरको ५.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

कूल एफडीआई स्टकमध्ये उत्पादन क्षेत्रले २७.८, बिजुली, ग्यास, स्टीम र वातानुकूलित क्षेत्रले २७.८ र वित्तीय तथा बीमा सेवा क्षेत्रले २६.३ प्रतिशत हिस्सा ओगटेको छ।

प्रदेशगत रूपमा भने वैदेशिक लगानी बागमती प्रदेशमै बढी केन्द्रित रहेको छ। ठूला सहरी तथा औद्योगिक क्षेत्रमा लगानी केन्द्रित भएकाले अन्य प्रदेशमा पनि पूर्वाधार, यातायात तथा लगानीमैत्री वातावरण सुधार गर्नुपर्ने आवश्यकता राष्ट्र बैंकले औंल्याएको छ।

राष्ट्र बैंकका अनुसार वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको इक्विटीमा प्रतिफल ११.२ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा यस्ता कम्पनीहरूले ३३ अर्ब ९१ करोड रुपैयाँ लाभांशका रूपमा विदेश लगेका छन्।निर्माण क्षेत्रले लाभांश फिर्ताको लागि सबैभन्दा धेरै स्वीकृति प्राप्त गरेको थियो। त्यसपछि वित्तीय र बीमा सेवा क्षेत्र रहेको छ।

विदेशी लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगहरूले मध्यम क्षमतामा सञ्चालन भए पनि समीक्षा अवधिमा राम्रो नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ। जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा विदेशी ऋणले पनि लगानी व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

नेपालले पछिल्ला वर्ष लगानी नीति र प्रक्रियामा सुधार गर्दै अनलाइन तथा डिजिटल सेवा विस्तार गरेको राष्ट्र बैंकले जनाएको छ। तर, भौतिक पूर्वाधारको कमी, कानुनी तथा प्रक्रियागत ढिलासुस्ती र जग्गा प्राप्तिमा हुने समस्या अझै वैदेशिक लगानी बढाउने प्रमुख चुनौतीका रूपमा रहेका छन्।

क्षेत्रीय तथा विश्वव्यापी आर्थिक अनिश्चितताबीच पनि नेपालमा वैदेशिक लगानीको अवस्था सकारात्मक देखिएको राष्ट्र बैंकको निष्कर्ष छ। आगामी दिनमा नीतिगत सुधार, परियोजना कार्यान्वयनमा सुधार तथा विभिन्न क्षेत्र र प्रदेशमा लगानी विस्तार गर्न सके नेपालको आर्थिक वृद्धिमा वैदेशिक लगानीको योगदान थप बढ्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०३:३०
प्रतिक्रिया

थप समाचार

एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा उद्यमी बटु लामिछाने मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले...

अरुण भ्याली हाइड्रोपावरले सेयरधनीलाई सवा २१ करोड लाभांश दिने

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते...

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना