२०८३ कार्तिक १५ गते शनिवार

पश्चिम एसियामा द्वन्द्व बढेपछि कच्चा तेलको भाउ बढेर पुग्यो १०० डलर नजिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
oil_price

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९८.३४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

अमेरिका–इरान द्वन्द्वमा सप्ताहान्तमा देखिएको थप तनावपछि सोमबार एसियाली बजारको सुरुवाती कारोबारमा तेलको मूल्यमा वृद्धि भएको हो।

यो समाचार तयार पार्दासम्म, वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को मूल्य बढेर ब्यारेलको ९३.६८ डलर पुगेको छ। शनिबार अमेरिकी सेन्ट्रल कमान्डले इरानको रिभोलुसनरी गार्डद्वारा ब्यालिस्टिक मिसाइल प्रयोग गरी अमेरिकी नौ सेनाका दुई युद्धपोतलाई लक्षित गरिएको घटनाको जवाफमा इरानका तीनवटा तेल ट्यांकरमा आक्रमण गरेको जनाएको थियो।

खार्ग टापु, जास्क र ओमानको खाडी नजिकै आक्रमणको निशाना बनाइएको थियो। उक्त आक्रमणपछि एडमिरल ब्राड कूपरले स्पष्ट सन्देश दिँदै भनेका छन् “यदि तिमीहरूले हाम्रा दुई जहाजमाथि प्रहार गर्छौ भने हामी अझ ठूलो आर्थिक मूल्य चुकाउन बाध्य पार्नेछौं—अर्थात तिमीहरूका तीनवटा जहाज नष्ट गर्नेछौं।”

आइतबार, सेन्टकमले इरानविरुद्धको आफ्नो नौ सैनिक नाकाबन्दीसम्बन्धी तथ्यांक पनि अद्यावधिक गरेको छ। जसअनुसार जुलाई १४ मा नाकाबन्दी पुनः सुरु भएयता अमेरिकी सेनाले ९२ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ। ३ वटालाई निष्क्रिय पारेको र २ वटामाथि नियन्त्रण लिएको छ।

ती आक्रमणहरूपछि, इरानी संसदका सभामुख मोहम्मद बाघेरी कालिबाफले समानुपातिक जवाफको युग समाप्त भएको बताएका छन्। उनले अमेरिकालाई इरानको तर्फबाट हुने भविष्यका जवाफी कारबाहीहरू अझ छिटो, अझ कडा र अझ पीडादायी हुने चेतावनी दिएका छन्। यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इरानले चाँडै नै जलसन्धि स्ट्रेट बाहिर एउटा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने संकेत गरेका छन्।

हाल होर्मुज जलसन्धि हुँदै ठ्याक्कै कति परिमाणमा तेल बाहिर गइरहेको छ भन्ने कुरा स्पष्ट छैन। अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले सप्ताहन्तमा दाबी गरेअनुसार जलमार्गबाट दैनिक ९० लाख (९ मिलियन) ब्यारेलभन्दा बढी तेल निर्यात भइरहेको छ।

पाइपलाइनमार्फत थप ४० वा ५० लाख ब्यारेल तेल ओसारपसार भइरहेको छ। इरानी सेनाले भने उक्त जलसन्धि जहाजहरूको आवतजावतका लागि पूर्ण रूपमा बन्द रहेको बताउँदै आएको छ। यस क्षेत्रबाट तेलको एक थोपा पनि बाहिर जान नदिने उद्देश्य राखेको छ।

स्वतन्त्र ट्यांकर ट्रयाकिङले वास्तविक अवस्था यी दाबीहरूको बीचमा कतै रहेको संकेत गर्छ। ट्यांकर ट्रयाकरको अनुमानअनुसार पछिल्लो २८ दिनको अवधिमा तेलको प्रवाह औसतमा दैनिक ५० लाख ४० हजार ब्यारेल रहेको थियो। तर, बढ्दो संख्यामा जहाजहरूले आफ्ना एआईएस ट्रान्सपोन्डरहरू बन्द गर्न थालेकाले यो अनुमानमा पनि निकै अनिश्चितता रहेको छ।

हाल कति तेल बाहिर गइरहेको छ भन्ने कुरा जे भए पनि इरानविरुद्धको पछिल्लो आर्थिक अभियानले प्रभाव पारिरहेको देखिन्छ। किनकि देशमा आर्थिक कठिनाइ बढेको खबरहरू आइरहेका छन्। यसले इरानलाई वार्ताको टेबलमा फर्काउँछ वा अझ अनियन्त्रित तथा तीव्र द्वन्द्व निम्त्याउँछ, त्यो भने हेर्न बाँकी नै छ।

यता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आगामी केही दिनभित्र होर्मुज जलमार्गबाहिर नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने दाबी गरेका छन्। उनका अनुसार नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाले निर्धारण गरेको नाकाबन्दीको रेखाबाट सुरु भएर पर्सियन खाडीका अन्य क्षेत्रसम्म फैलिने बताइएको छ।

ओमानसँगको सहकार्यमा इरानले व्यवस्थापन गर्ने नयाँ अन्तर्राष्ट्रिय जलमार्गको खाका तयार पारेको छ। होर्मुज जलमार्ग हुँदै हुने जहाजको आवागमनलाई व्यवस्थित गर्न इरान र ओमानबीच तय गरिएको नयाँ जलमार्गको नक्सामा दुवै देशले आगामी केही दिनभित्र औपचारिक रूपमा हस्ताक्षर गर्ने भएका छन्।

खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य मुठभेड तथा तेल ट्यांकरमाथिका आक्रमण तीव्र भइरहेका बेला इरान र ओमानबीच भएको नयाँ जलमार्गसम्बन्धी सहमति भएको छ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानलाई लक्षित गर्दै आक्रामक र रणनीतिक पोस्टहरू गरेका छन्।

ट्रम्पले इरानको अर्थतन्त्र झनै धरासायी बन्दै गएको, खस्किँदो तेल निर्यात, अकासिँदो मुद्रास्फीति र कमजोर बन्दै गएको इरानी रियाललाई निशाना बनाउँदै इरानमाथि थप दबाब सिर्जना गरेका छन्।

२०२५ मा १ अमेरिकी डलरबराबर ९ लाख इरानी रियाल रहेकामा हाल बढेर २२.७ लाख रियालभन्दा माथि पुगेको छ।

२०२५ को सुरुमा दैनिक २० लाख ब्यारेल रहेको इरानको तेल निर्यात भएकोमा २०२६ मा आइपुग्दा शून्यको नजिक पुगेको दाबी ट्रम्पले गरेका छन्।

प्रकाशित: २०८३ भदौ २२ गते सोमबार ०५:५६
प्रतिक्रिया

थप समाचार

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना