२०८३ कार्तिक १५ गते शनिवार

क्षतिग्रस्त जलविद्युत् आयोजनाको नाम उल्लेख गर्दै प्रधानमन्त्रीले दिए उद्धार जानकारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
balen-new_e585fe85

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भइरहेका मानिसको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी दिएका छन्। ‘बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन हुनुभएको थियो। त्यसैले हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं,’ शाहले भनेका छन्।

खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिररहेको उनले उल्लेख गरेका छन्। ‘त्यति मात्रै होइन, हाम्रो यो खोजलाई सघाउन मित्र राष्ट्रहरूबाट समेत विशेषज्ञ टोली आइरहनुभएको छ,’ उनले भनेका छन्।

यस्तो छः प्रधानमन्त्री बालेन्द्र शाहले दिएको जानकारी
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५६ सय मिटर उचाइबाट गएको हिम पहिरोको कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आयो। भीषण बाढीका कारण विद्युत् आयोजना क्षेत्रहरुमा पनि ठूलो असर पर्यो। सञ्चालनमा रहेका र निर्माणाधीन विद्युत् आयोजनाहरुले जनधनको क्षति बेहोर्नुपर्यो। ती आयोजना क्षेत्रहरुबाट पनि मानिसहरु सम्पर्कविहीन भएकाले हामीले सुरुआतदेखिनै हालसम्म खोज तथा उद्धार कार्यलाई जारी राखेका छौं।
हामी नेपाली मानवतावादी छौं। त्यसैले स्रोत, साधन, समयको सीमिताताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्ने छौं।
आज प्रभावित विद्युत् आयोजना क्षेत्रहरुमा भइरहेको खोज तथा उद्धारबारे प्रष्ट पार्दैछौं।
बाढीका कारण रसुवा र नुवाकोटमा गरी विभिन्न आयोजनाहरु प्रभावित भएका छन्। हाम्रा सुरक्षाकर्मीहरु निरन्तर खोज तथा उद्धारको प्रयासमा हुनुहुन्छ।
प्रभावित आयोजनाहरुमा खोज तथा उद्धारको हालसम्मको संक्षिप्त स्थितिः
रसुवागढी जलविद्युत् आयोजना,रसुवा
रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको छ। हामीले बाढी आएको दिनदेखि त्यहाँ खोजको प्रयास गरेका थियौं। तर, हेलिकप्टर समेत ल्याण्ड हुन सकेन। खोज तथा उद्धारका लागि आवश्यक सामग्री पुर्याउन निकै कठिन भयो। त्यसपछि आयोजनामा कार्यरत कर्मचारीका आफन्तहरु त्यसक्षेत्रमा पुगेर अवलोकन समेत गर्नुभयो। आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको थियो। तर, मानिस फेला पर्नु भएन। यद्यपि हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर त्यस क्षेत्रमा खोज कार्य जारी राखेका छौं।
लाङटाङ जलविद्युत् आयोजना, रसुवा
लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेको थियो। त्यहाँ ठूला चट्टानहरु भेटिए। खोज कार्यलाई थप प्रभावकारी बनाउन भदौ १६ गते नेपाली सेनासँगै आयोजनाका कर्मचारीहरु समेत खटिनुभयो। ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल पारी भित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौं। यहाँ अहिले पनि खोज कार्यलाई निरन्तरता दिइरहेका छौं।
चिलिमे जलविद्युत् आयोजना,रसुवा
नेपाली सेनाको टोली भदौ १० गते नै चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको थियो। तर, दलदलका कारण सुरुङभित्र जान समस्या भयो। नेपाली सेनाले भदौ १३ गते मित्रराष्ट्र भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको थियो। भदौ १४ गतेदेखि नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले खोज कार्य सुरु गरेको थियो। सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ९० मिटरभित्र प्रवेश गर्दा २ शव फेला पारेका थियौैं। खोज कार्यलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटर र सोही क्षेत्रमा रहेको अर्को एस्काभेटर प्रयोग गरिरहेका छौं।
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना, रसुवा
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको थियो। मित्र राष्ट्र चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ मा रेकी गरेको थियो। भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गर्यो। सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाएर २०० मिटरभित्रसम्म प्रवेश गर्दा ताल देखियो। तालमा थर्मल ड्रोनको प्रयोग गरी खोजी कार्य गरिएको थियो। त्यसपछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले खोजी जारी राख्यो। खोजको क्रममा एक जनाको शव फेला पार्यौं। त्यसपछि पनि हामीले खोज जारी राख्यौं। भदौ २० गते १ जनालाई उद्धार गर्यौं र २ शव फेला पार्यौं।
त्रिशूली ३ ए, जलविद्युत् आयोजना, नुवाकोट
यो आयोजना क्षेत्रमा पनि हामीले बाढी गएको पहिलो दिनदेखिनै खोज कार्य सुरु गरेका थियौं। सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि काम सुरु गरेको थियो।
खोजलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न ६ वटा एस्काभेटर प्रयोग गरेका थियौं। करिब २५ मिटर खनेपछि बिजुलीको तारका लागि प्रयोग हुने सुरुङ पत्ता लाग्यो।
सोही सुरुङमार्फत उद्धार टोली घ्रिसिएर भित्र प्रवेश गर्यो। सुरुङको मुख खोल्नका लागि काठमाडौँ तराई मधेश द्रुतमार्गको आयोजनाबाट विस्फोटक पदार्थ ल्याइएको थियो। त्यतिले नपुगेर नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर पनि ल्याइएको थियो। उक्त कार्यका लागि ड्रिलिङ मेसिन समेत लगेर प्रयोग गरिएको थियो। यी सबै सामग्रीहरु हेलिकप्टरमार्फत आयोजना क्षेत्रमा पुर्याइएको थियो।
भदौ १९ गते २ मानिसलाई हामीले उद्धार गरेका थियौं। र, १ शव फेला पारेका थियौं। त्यसपछि पनि थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी छ।
त्रिशूली ३ ‘बी’ आयोजना, नुवाकोट
त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेबाटै खोज कार्यको प्रयास भएको थियो। उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो । तर, दलदलका कारण खोजका उपकरणहरु लग्न सकिएको थिएन। हालपनि आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोज कार्य जारी राखेको छ। उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङको १.७ किलोमिटर भित्र प्रवेश गरेको थियो। त्यसपछि सुरुङभित्र एउटा गाडी फेला परेको थियो।
खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी छ। आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको छ।
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरु सम्पर्कविहीन हुनुभएको थियो। त्यसैले हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिरहनुभएको छ। त्यति मात्रै होइन, हाम्रो यो खोजलाई सघाउन मित्र राष्ट्रहरुबाट समेत विशेषज्ञ टोली आइरहनुभएको छ।
हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ।
हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवताबादी स्वाभावलाई व्यवहारमा उतारिरहेका छौं।
धैर्यका लागि धन्यवाद।
प्रकाशित: २०८३ भदौ २२ गते सोमबार ०९:२२
प्रतिक्रिया

थप समाचार

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना