२०८३ कार्तिक ११ गते मङ्गलबार

विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
mbappe

काठमाडौँ: फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरको बलियो दाबेदार बनाएको बताएका छन्।

उनले रियल म्याड्रिडजस्तो विश्वकै ठूलो क्लबमा खेल्दा व्यक्तिगत पुरस्कारको अपेक्षा स्वाभाविक हुने पनि उल्लेख गरेका छन्।

च्याम्पियन्स लिगको पहिलो खेलमा इन्टर मिलानसँगको भेटअघि बोल्दै २७ वर्षीय एमबाप्पेले यसपटकको विश्वकप आफ्नो करिअरकै विशेष अभियान भएको बताए। उनले विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका थिए भने प्रतियोगितामा आफ्नो कुल गोल संख्या २२ पु¥याएर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।

‘यो गर्मीयाममा मैले खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगितामा धेरै इतिहास रचेँ। यो ब्यालोन डी’ओर जित्नका लागि राम्रो वर्ष हुन सक्छ, तर अन्तिम निर्णय मतदाताको हातमा हुन्छ,‘एमबाप्पेको भनाइ उद्धृत गर्दै गोल डटकमले जनाएको छ।

फ्रान्स विश्वकपमा चौथो स्थानमा सीमित भए पनि एमबाप्पेको व्यक्तिगत प्रदर्शनले प्रतिष्ठित पुरस्कारको दौडमा उनको सम्भावना अझ बलियो बनाएको छ। उनले अहिलेसम्म ब्यालोन डी’ओर जित्न सकेका छैनन्।

रियल म्याड्रिडमा खेल्दा सामूहिक र व्यक्तिगत दुवै सफलता जोडिने भएकाले ब्यालोन डी’ओरबारे चर्चा हुनु स्वाभाविक रहेको उनले बताए। ‘मानिसहरूले सडकमा भेट्दा पनि ब्यालोन डी’ओरकै कुरा गर्छन् र मलाई सम्भावित विजेताका रूपमा हेर्छन,‘उनले भने।

यद्यपि, उनले आफ्नो गोल गर्ने लय उत्कृष्ट रहे पनि रियल म्याड्रिडले अझ सुधार गर्नुपर्ने स्वीकार गरेका छन्। उस्मान डेम्बेले र राफिन्हासँग गरिने तुलना आफूलाई मन नपर्ने भन्दै प्रत्येक खेलाडीको भूमिका फरक हुने उनले बताए।

व्यक्तिगत पुरस्कारभन्दा टोलीको सफलता आफ्नो प्राथमिकता रहेको एमबाप्पेको भनाइ छ। ‘यदि ३० गोल मात्र गरेर पनि उपाधि जित्न सकिन्छ भने म त्यही रोज्छु। मलाई उपाधि नै बढी महत्त्वपूर्ण छ। तर गोल पनि गर्न चाहन्छु र दुवै हासिल गर्ने लक्ष्य छ,‘ उनले भने। एएनआई

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार १०:५५
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना