२०८३ कार्तिक १५ गते शनिवार

विनाशकारी बाढीको १४औँ दिन: बेपत्ताका आफन्त भन्छन्– अब आश्वासन हैन, तत्काल उद्धार चाहियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
hospital_flood (6)
अस्पतालको भित्तामा टाँसिएका सम्पर्कविहीनहरूको तस्बिरसहितको परिचय

जनकपुरधाम: रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमानको पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।

आफ्ना श्रीमान्‌ अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान्‌ इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरिन्।

रसुवास्थित युटी २१६ एमड्ब्लु डूसन पावर हाउसमा कार्यरत सिंह यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्। बाढीपछि सम्पर्कविहीन हुनुभएको १३ दिनसम्म सम्पर्कमा नआएपछि परिवारजनमा चिन्तित र छटपटी बढ्दै गएको छ। लामो समयसम्म कुनै खबर नआएपछि सिंहको अवस्था पत्ता लगाई खोज तथा उद्धार गरिदिन श्रीमती पूजासहित परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

श्रीमान्‌सँग सम्पर्क हुन नसकेपछि पूजा साहले उनी जहाँ भए पनि सकुशल रहेको खबर गरिदिन भावुक अपिल गरेकी हुन्। ‘तिमी जहाँ छौँ, जस्तो छाैँ, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन। बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,’ उनले भनेकी छिन्।

श्रीमान्‌को प्रतीक्षामा रहेका साहले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको प्रतीक्षामा रहेको बताइन्। ‘हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन्। बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्,’ उनले भावुक हुँदै भनिन्।

उनले आफूलाई अन्य केही नचाहिएको भन्दै श्रीमान्‌ सकुशल घर फर्काइदिन सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिन्। ‘मैले अब केही मागेकी छैन, बस् मेरो श्रीमान्‌ जहाँ हुनुहुन्छ, त्यहीँबाट सकुशल घर फर्काइदिनुहोस्,’ उनको आग्रह छ।

सिंहको खोज तथा उद्धारका लागि परिवारले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी खोजी अभियान सञ्चालन गर्न माग गरेको छ।

पूजाका अनुसार मैलुङ बजार, क्याम्प आसपासका सम्भावित क्षेत्र, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा, मैलुङडाँडा तथा मैलुङ बजार आसपासका क्षेत्रमा खोजी आवश्यक छ। साथै जङ्गल, पहाडी तथा अन्य सम्भावित स्थानमा ड्रोन र उद्धार टोली परिचालन गरी खोजी गर्न उनले आग्रह गरिन्।

‘हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन्। सायद कतै उद्धारको आशामा बस्नुभएको होला, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहनुभएको होला,’ पूजाले भनिन्, ‘त्यसैले अब प्रश्न एउटै छ–उद्धार किन भइरहेको छैन ?’

उनका अनुसार सिंहसहित सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली पठाउने आश्वासन दिइए पनि प्रभावकारी रूपमा खोजी हुन नसकेको परिवारजनको गुनासो छ। बिहान ड्रोनसहितको रेस्क्यु टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली घटनास्थलमा पुग्न नसकेको उनले बताइन्।

श्रीमान्‌को खोजीका लागि आफू दिनभर एक कार्यालयबाट अर्को कार्यालय धाउने, फोन गर्ने र अनुरोध गर्ने अवस्थामा पुगेको पूजाले बताइन्। समय बित्दै जाँदा पीडा र चिन्ता झन बढ्दै गएको उनको भनाइ छ।

‘हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ। अब के गर्ने ?’, उनले प्रश्न गरिन्। पूजाले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा सरकारका सबै जिम्मेवार पक्षलाई तत्काल स्थलमा खोज तथा उद्धार टोली, ड्रोन र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरिन्।

उनले आफ्नो श्रीमान्‌को मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरिन्।

‘अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ। हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,’ पूजाले भनिन्। भोटेकोशी बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा सिंहको परिवारसहित अन्य परिवारसमेत निरन्तर चिन्तामा छन्। सम्भावित सबै क्षेत्रमा समन्वयात्मक रूपमा खोज तथा उद्धार अभियान तीव्र बनाउन पीडित परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

रसुवाको भोटेकोशी नदी आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३२ जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका २२० जनामध्ये ३८ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन भएकामध्ये सप्तरीका एक जना र बाराका एक जना गरी दुई जनाको शव फेला परेको र १८० जना अझै सम्पर्कविहीन रहेको प्रवक्ता ढकालले बताए।

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार ११:०६
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना