२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशी बाढी: वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
flood

नुवाकोट: माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो। उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो। त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो।

‘भोटेकोशीमा बाढी यति धेरै आएको थियो की पाँच दश-मिनेट मैले केही सोच्नै सकिन’, वीरबहादुरले भने, ‘एकछिनपछि त झल्यास्स सम्भिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने।’ उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका-१० भैँसेलाई सम्झिए। अनि भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे। ‘श्रीमतीको फोन मरिकाटे उठ्दैन’, उनले सम्झदै भने।

वीरबहादुरलाई दिमागले काम गर्न छोडे जस्तै भयो। उनले तारन्तार फोन गरिरहे। श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए। उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन्। उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन्।

‘छोरीले एक कलमै फोन उठाइन्, अनि मैले धुञ्चेबाट देखिरहेको सुनिरहेको दृश्यबारे उनलाई बताएँ’, वीरबहादुरले भने, ‘एक छिनपछि त श्रीमती र दाजु (रमेश) ले पनि फोन उठाउनुभयो।’ उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यति बेला खेतमा थिइन्। उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पुर्‍याइसकेका थिए।

वीरबहादुरको आफ्नै माइक्रोबस छ। उनले आफैँले त्यही माइक्रोबस बेत्रावतीबाट काठमाडौँको मार्गमा चलाउने गर्छन्। बाढी आएको दिन भने उनी धार्मिकस्थल गोसाइँकुण्ड जाने १० यात्रु लगेर बिहानै धुञ्चे उक्लिएका थिए। उनका अनुसार यात्रुहरू सबै धादिङका थिए। उनीहरूले वीरबहादुरको माइक्रोबस भाडामा लिएर त्यसतर्फ गएका थिए।

‘भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ’, वीरबहादुरले भने। अरु बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौँका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैँसे वरपर बित्थ्यो। त्यसदिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा पर्न पाएनन्। ‘अरु दिन हुन्थ्यो भने म मात्र होइन, परिवार नै बाढीमा बग्थ्यो’, उनले भने, ‘धुन्चेमा भएर बेलैमा भोटेकोशीको बाढीबारे थाहा पाएँ, मेरो एक कल फोनले परिवार र छरछिमेक मात्र होइन, टोलकै बासिन्दालाई बचाउन सकेँ।’ मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेका उनले बताए। सबै भोटेकोशीको बाढीमा विलय भएका छन्।

पाँच जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर औधी खुसी छन्। उनले भने, ‘सम्पत्ति त फेरि फेरि पनि जोड्न सकिएला, जीवन त कहाँ पाउनु ?’ श्रीमान् वीरबहादुरको फोनले धेरैको ज्यान बचाउन सकिएमा गङ्गा पनि खुसी छन्। ‘खेतबाट निकै बेरसम्म बाढी आयो भनेर चिच्याएँ, धेरैले त सुरुआतमा विश्वासै गरेनन्’, उनले भनिन्, ‘टिमुरे र स्याँफ्रुबेँसी पूरै बगायो भनेपछि सबै भाग्न थाले।’ उनले चिन्तित हुँदै दुःखले जोडेको करिब १० तोला सुन र रु १४ लाख भने बाढीबाट जोगाउन नसकेको बताइन्। उनले केही वर्षअघि लाखौँ रुपैयाँ खर्चेर एक तले पक्की घर बनाएकी थिइन्। तत्काल एक तला थप्ने सोचमा थिइन्।

‘गहना र पैसा लिएरै भाग्न खोजेको भए परिवारै बग्थ्यो’, गङ्गाले भनिन्, ‘तर, मैले त्यसलाई आफ्नो ज्यान र छोराछोरीभन्दा प्यारो ठानिनँ, त्यसैले त आज नयाँ जीवन पाएँ।’ गरगहना र पैसा जोगाउन खोज्दा धेरैले ज्यान गुमाएका उनको अनुभव छ। भैँसेमा पनि सुन र नगद घरबाट निकाल्न खोज्दा कतिलाई बाढीले बगाएको उनले बताइन्।

आफ्नो र वीरबहादुरको सहित १० जनाको परिवार मात्र होइन आफू बस्दै आएको टोलका करिब ३० परिवारलाई भाइको एक कलले बाढीबाट जोगाउन सकिएको दाजु रमेश गुरुङले जानकारी दिए। उनले भैँसेमा खानाखाजाको पसल सञ्चालन गर्दै आएका थिए। उनको व्यापार राम्रै चलेको थियो। त्यसबेला रसुवागढी नाका किनमेल गर्न, कैलाश मानसरोवर तथा गोसाइँकुण्ड तीर्थाटन गर्न जानेहरूको निकै भीडभाड थियो। रमेशलाई बिहानदेखि रातिसम्म एकछिन फुर्सद हुँदैनथ्यो।

‘पसलमा धेरै ग्राहक आएका थिए, खाना बनाउँदै थिएँ, एक्कासी भाइको फोन आयो। सबैलाई बाढी आयो भन्दै भाग्न भनेँ’, रमेशले त्यो क्षण सम्झिँदै भने, ‘धेरैले विश्वास नै गरेनन्, विश्वास नगर्नेहरूलाई बाढीले बगायो।’ बाढी भैँसे पुग्दासम्म रमेश चिच्याइरहे। वीरबहादुरले धुञ्चेबाट फोन गरेपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा जति लागेको उनको ठम्याइ छ।

ज्यान जोगाउन त्यो पर्याप्त समय रहेको रमेशले बताए। समय सदुपयोग भने आफ्नो कुरा पत्याउनेको हकमा मात्रै लागू भएको उनले अनुभव सुनाए। अन्यत्रभन्दा भैँसेमा मानवीय क्षति कम भएको रमेशले बताए। तर बाढीबाट ज्यान गुमाउनेको एकीन तथ्याङ्क उनीसँग पनि छैन। ‘बाँचेकाहरूसँग पनि यसबीचमा थोरै जनासँग भेट भएको छ, अरु त को कता भागे अत्तोपत्तो छैन।’

रमेशले भैँसेमा झण्डै रु एक करोड लगानीमा घर बनाएका थिए। त्यसैमा खानाखाजाको पसल चलाउँदै आएका थिए। ‘अहिले व्यापारको याम हो, दैनिक रु २०-२५ हजारको कारोबार हुन्थ्यो’, उनले भने, ‘यो यामको तीन-चार महिनाको कमाइले वर्षभरि खान, लगाउन र छोराछोरी पढाउन पुगेको थियो। झण्डै रु ४० लाख जति घर बनाउँदाको ऋण बाँकी नै थियो।’

रमेशको जेठो छोरा काठमाडौँमा पढ्छन्। अर्को छोरा भैँसेमा चण्डेश्वरी माविमा पढ्छन्। विद्यालय गएको छोरालाई उनले झण्डै चार घण्टापछि मात्र भेट्टाए। ‘स्कुलकै साथीहरूसँग भागेको रहेछ, बाढीले बगायो की भन्ने चिन्तामै थिएँ, पछि त सम्पर्कमा आयो’, उनले भने। श्रीमतीले मोबाइल लिन घरभित्र पस्न खोजे पनि आफूले जान नदिँदा ज्यान जोगिएको रमेशले बताए।

वीरबहादुर र रमेशको परिवार पनि यतिबेला शोकमा डुबेको छ। उनीहरूको परिवारको एक सदस्य तेराना तामाङलाई भने बाढीले बगायो। उनी त्रिशूली अस्पतालमा नर्स थिइन्। तर अघिल्लो राति उनी शोलेस्थित घर गएकी थिइन्। अर्को बिहान घरबाट अस्पताल पुग्नै पाइनन्। ‘सबै शोकमा छन्, एकले अर्कोलाई हेरेर चित्त बुझाउनु परिरहेको छ’, रमेशले भने।

यही भदौ १० गते भोटेकोशीमा बाढी गएपछि नुवाकोटको अति प्रभावित क्षेत्र भैँसेका १५० जना विस्थापितलाई नजिकैको सुरक्षित स्थानमा होल्डिङ सेन्टरमा राखिएको रमेशले बताए। उनीसहित छ परिवार भने भैँसेमाथिको गैरीखर्कमा आफन्त कहाँ आश्रय लिएर बसेका छन्। सरकारले विस्थापितलाई राहत सामग्री उपलब्ध गराइरहेको उनले जानकारी दिए।

‘म दिनहुँ होल्डिङ सेन्टरमा गइरहन्छु, खानेकुराको कुनै कमी छैन, विभिन्न निकायले दैनिक राहत सामग्री दिइरहका छन्’, रमेशले भने, ‘यसरी लामो समयसम्म बस्न सकिने अवस्था छैन, सरकारले उचित बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो, पानी निरन्तर परिरहेकाले बास बस्नेलाई समस्या छ।’ बाढीका कारण विस्थापित भएकाहरूलाई मुख्यतया छोराछोरीको पढाइको चिन्ताले सताएको उनको भनाइ छ। बालबालिका, महिला, परिवारका सदस्य गुमाएकालगायत विस्थापित सबैलाई मनोपरामर्शको खाँचो देखिएको उनले बताए।

विदुर नगरपालिका-१० का वडाध्यक्ष गणेशकुमार नेपालले बाढीबाट आफ्नो वडा अत्यधिक प्रभावित भएको बताए। उनका अनुसार सो वडामा बाढीबाट २५६ परिवारका एक हजार २०० जना प्रभावित भएका जानकारी दिए। उनका अनुसार बाढीमा परेर २३९ जना बेपत्ता भएका छन्।

वडाध्यक्ष नेपालले विस्थापित भएकाहरूलाई गेल्फुटारस्थित सुन्दरीकेउरिनी माविमा राखिएको बताए। बाढीमा परेर स्थानीय उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थी बेपत्ता भएका उनले बताए। उनका अनुसार बेपत्ताको तथ्याङ्क सङ्कलन भइरहेको छ।

प्रभावित विद्यार्थीलाई नजिकका सुरक्षित विद्यालयमा पढ्न पठाउन उनीहरूका अभिभावकलाई सुझाव दिइएको वडाध्यक्ष नेपालले बताए। विदुर नगरपालिकाले बाढी विस्थापित प्रत्येक परिवारलाई तत्कालका लागि रु १० हजार उपलब्ध गराउने निर्णय गरेको उनले उल्लेख गरे। विभिन्न सङ्घसंस्था तथा अन्य निकायले पनि आर्थिक सहयोग गरिरहेका भन्दै उनले सबैप्रति आभार व्यक्त गरे।

सरकारले बसोबासका लागि उचित व्यवस्था नगर्दासम्म सो वडाका विस्थापितलाई सुरक्षित स्थानमा बसोबास गर्न सुझाव दिँदै वडाध्यक्ष नेपालले त्यसका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार ०७:०४
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना