काठमाडौँ: भोटेकोशी नदी हुँदै आएको बाढीपछि क्षति पुगेको देवीघाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण गरिरहको छ।
पुल निर्माणको कार्य तीव्र रूपमा भैरहेको सेनाले जनाएको छ।
पुल नुवाकोटको विदुर नगरपालिका ५ देवीघाटस्थित तादी खोलामा बनिरहेको छ।
यस्तै सेनाले ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको पनि तयारी गरेको छ।
झोलुङ्गे पुल निर्माणका लागि परामर्श सहित कार्य सुरु भएको सेनाले जनाएको छ।