२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशी बाढीको १५औँ दिनः १३६७ को मृत्य, ५१०० बेपत्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
foreign_ministry

काठमाडौं। यही भदौ १० मा भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन, सडक, पुल तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको यस विपत्तिमा हालसम्म १३ सय ६७ जनाको शव फेला परेको छ। ३५ देशका करिब ६०० विदेशीसहित ५ हजार १०० जना अझै बेपत्ता छन्।

मन्त्रालयद्वारा बुधबार अपराह्न अद्यावधिक गरिएको विवरणअनुसार, हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको छ।

सुरुङभित्रबाट हालसम्म तीन जनालाई जीवितै निकालिएको छ। जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट दुई नेपाली र माथिल्लो त्रिशूली १ को सुरुङबाट एक चिनियाँ नागरिक रहेका छन्। सुरुङभित्र हराइरहेकाहरूको यकिन संख्या पुष्टि नभए पनि खोजी कार्य जारी छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगै भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीहरू परिचालित छन्। साथै, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र अस्ट्रेलियाका खोज तथा उद्धार टोलीहरू पनि आधुनिक उपकरणसहित फिल्डमा खटिएका छन्।

मैलुङ खोला, माथिल्लो त्रिशूली १, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, रसुवागढी तथा लाङटाङ लगायतका बाढी प्रभावित जलविद्युत् आयोजनाहरूमा समानान्तर रूपमा खोजी र उद्धार भइरहेको छ।

उद्धार तथा शव पहिचान कार्यलाई प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडार प्रणाली, बेली ब्रिज, डीएनए परीक्षण किट, अन्डरवाटर ड्रोन, पोर्टेबल जेनेरेटर, ठूला पम्प तथा सुरुङ उद्धार सुट लगायतका सामग्री माग गरेको छ।

गल्छी–त्रिशूली सडक खण्डअन्तर्गत देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिजका १५ वटा बे जडान भइसकेको र बाँकी चार वटाको काम तीव्र गतिमा भइरहेको छ। नेपाली सेनाले ढुङ्गे बुद्ध मन्दिर तलबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटरको झोलुङ्गे पुल निर्माण थालेको छ भने सडक खुलाउन विभिन्न स्थानमा उपकरणहरू परिचालन गरिएको छ।

यस्तै फेला परेका शवहरूलाई विधिविज्ञान (फरेन्सिक) प्रक्रिया पूरा गरी अस्थायी रूपमा गाडिएको छ। मृतकको पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरूले नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्।

बेपत्ताका आफन्तलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न तथा विदेशमा रहेकाहरूलाई नेपाल प्रहरीको इमेलमा डीएनए विवरण पठाउन आग्रह गरिएको छ।

उता बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूमध्ये तातोपानी नाका हुँदै हालसम्म ७३६ जना स्वदेश फर्किसकेका छन् भने बुधबार थप ३२ जना फर्किने क्रममा छन्।

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार ०७:३४
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना