२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोशी बाढीको १५औँ दिनः १३६७ को मृत्य, ५१०० बेपत्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
foreign_ministry

काठमाडौं। यही भदौ १० मा भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन, सडक, पुल तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको यस विपत्तिमा हालसम्म १३ सय ६७ जनाको शव फेला परेको छ। ३५ देशका करिब ६०० विदेशीसहित ५ हजार १०० जना अझै बेपत्ता छन्।

मन्त्रालयद्वारा बुधबार अपराह्न अद्यावधिक गरिएको विवरणअनुसार, हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको छ।

सुरुङभित्रबाट हालसम्म तीन जनालाई जीवितै निकालिएको छ। जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट दुई नेपाली र माथिल्लो त्रिशूली १ को सुरुङबाट एक चिनियाँ नागरिक रहेका छन्। सुरुङभित्र हराइरहेकाहरूको यकिन संख्या पुष्टि नभए पनि खोजी कार्य जारी छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगै भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीहरू परिचालित छन्। साथै, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र अस्ट्रेलियाका खोज तथा उद्धार टोलीहरू पनि आधुनिक उपकरणसहित फिल्डमा खटिएका छन्।

मैलुङ खोला, माथिल्लो त्रिशूली १, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, रसुवागढी तथा लाङटाङ लगायतका बाढी प्रभावित जलविद्युत् आयोजनाहरूमा समानान्तर रूपमा खोजी र उद्धार भइरहेको छ।

उद्धार तथा शव पहिचान कार्यलाई प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडार प्रणाली, बेली ब्रिज, डीएनए परीक्षण किट, अन्डरवाटर ड्रोन, पोर्टेबल जेनेरेटर, ठूला पम्प तथा सुरुङ उद्धार सुट लगायतका सामग्री माग गरेको छ।

गल्छी–त्रिशूली सडक खण्डअन्तर्गत देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिजका १५ वटा बे जडान भइसकेको र बाँकी चार वटाको काम तीव्र गतिमा भइरहेको छ। नेपाली सेनाले ढुङ्गे बुद्ध मन्दिर तलबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटरको झोलुङ्गे पुल निर्माण थालेको छ भने सडक खुलाउन विभिन्न स्थानमा उपकरणहरू परिचालन गरिएको छ।

यस्तै फेला परेका शवहरूलाई विधिविज्ञान (फरेन्सिक) प्रक्रिया पूरा गरी अस्थायी रूपमा गाडिएको छ। मृतकको पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरूले नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्।

बेपत्ताका आफन्तलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न तथा विदेशमा रहेकाहरूलाई नेपाल प्रहरीको इमेलमा डीएनए विवरण पठाउन आग्रह गरिएको छ।

उता बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूमध्ये तातोपानी नाका हुँदै हालसम्म ७३६ जना स्वदेश फर्किसकेका छन् भने बुधबार थप ३२ जना फर्किने क्रममा छन्।

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार ०७:३४
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना