काठमाडौं। सरकारले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिवमा कुँबर र खत्रीलाई सचिवमा बढुवा गरेको हो।
कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी र खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिमन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा पदस्थापना गरिएको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।