२०८३ कार्तिक १४ गते शुक्रबार

सरकार समयमै गम्भीर नभए जनता महंगीको मारमा पर्ने निश्चित छः लिमा अधिकारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
lima_adhikari

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक र सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारलाई सचेत गराएकी छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले बाढीले सडक र पुल मात्र नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत खोसिएको बताइन्।

विपत्तिबाट नागरिक सामान्य अवस्थामा फर्किन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को संकट देखिन थालेको उनको भनाइ थियो। तातोपानी र रसुवागढी नाका बन्द हुनुका साथै बीपी राजमार्ग र पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको अधिकारीले उल्लेख गरिन्।

वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि लामो भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी खर्च पाँच गुणासम्म बढेको अधिकारीले बताइन्। यसको प्रत्यक्ष असर चाडपर्वको समयमा बजार मूल्यमा पर्न सक्ने भन्दै उनले सरकारलाई समयमै आवश्यक कदम चाल्न आग्रह गरिन्।

‘वैकिल्पक नाका कोरलातर्फको भौगोलक दूरी र जीर्ण सडकले ढुवानी खर्च पाँच गुणासम्म महँगो छ। यसले चाडवाडमै उपभोग्य वस्तुको भाउ आकासिने निश्चत छ’, उनले भनिन्, ‘सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको अभाव हुनेछ। कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मारमा गरिब नागरिक नै पर्नेछन्।’

सम्बिन्धत मन्त्रालयहरूबीच तत्काल समन्वय गरी नाकाहरू युद्धस्तरमा खुलाउन तथा आपूर्ति सहज बनाएर नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन माग गरिन्।

प्रकाशित: २०८३ भदौ २५ गते बिहिबार ०६:१५
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना