२०८३ कार्तिक १४ गते शुक्रबार

उद्योगमन्त्री साहले पूर्वमन्त्रीसँग छलफल गरेर मात्र ग्यास आपूर्तिको नयाँ योजना अघि बढाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
deepak_shah

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा बिहीबार साँझ आयोजित एक कार्यक्रमका बीच उनले पदभार सम्हालेका हुन्।

पदभार ग्रहणपछि मन्त्रालयका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयका विगतका काम र अनुभवहरूको समीक्षा गरेर मात्र नयाँ कार्यक्रमहरू तय गर्ने बताए।

कुनै पनि नयाँ योजना सुरु गर्नुअघि विगतमा के–कस्ता कामहरू भए भन्ने जानकारी लिनु सान्दर्भिक हुने उनको भनाइ थियो।

मन्त्री साहले निवर्तमान मन्त्रीसँग बसेर मन्त्रालयका नीति तथा कार्यक्रमबारे घनीभूत छलफल गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे।

‘कुनै पनि काम गर्नुअघि विगतमा के–के भइसकेका छन्, त्यसको जानकारी लिएर अघि बढ्दा काम गर्न सहज हुन्छ,’ मन्त्री साहले भने, ‘त्यसैले मन्त्रालयका सचिवज्यूलाई पूर्वमन्त्रीज्यूसँग भेटघाटको वातावरण मिलाउन आग्रह गरेको छु। उहाँसँग दुई–चार घण्टा बसेर घनीभूत छलफल गरेपछि मात्र हामी नयाँ कार्यक्रमहरू अगाडि बढाउनेछौँ।’

जनताको आवश्यकता र चाहना पूरा गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहने मन्त्री साहले उल्लेख गरे। उनले ‘राष्ट्र पहिलो’ भन्ने मूल मर्मका साथ मन्त्रालयको काम–कारबाहीलाई प्रभावकारी बनाइने बताए।

मन्त्री साहले मन्त्रालयका सचिव तथा सम्पूर्ण कर्मचारीहरूलाई सम्मान व्यक्त गर्दै आगामी दिनमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको बताए। साथै, उनले आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ४ का मतदाता, देशभरिका सम्पूर्ण नागरिक, पार्टी नेतृत्व तथा सम्माननीय प्रधानमन्त्रीप्रति धन्यवाद एवं आभार व्यक्त गरे।

 

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ०७:३१
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना