२०८३ कार्तिक १२ गते बुधबार

भोटेकोशी बाढी: ४ खर्बभन्दा बढीको क्षति, पुनर्निर्माणका लागि ७ खर्ब भन्दा धेरै चाहिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
bhotekoshi

काठमाडौँ: रसुवा–भोटेकोशी बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी आकलनले देखाएको छ।

बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्‌‌बाट भएको कुल प्रभावमध्ये  २ खर्ब ७४ अर्ब ४८ करोड प्रत्यक्ष भौतिक क्षति र  १ खर्ब ३३ अर्ब ८१ करोड  रुपैयाँ आर्थिक नोक्सान भएको छ।

बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि  ७ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। यो कुल क्षति र नोक्सानको तुलनामा झन्डै पौने दुई गुणा बढी हो।

आरडीएनए प्रतिवेदनअनुसार बाढीबाट पाँच जिल्लाका १५ स्थानीय तह प्रभावित भएका छन्। विपद्‌बाट ७ हजार ५७० भवनमा क्षति पुगेको छ भने ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन्।

भोटेकोशी बाढीपहिरोबाट ३ खर्ब ८७ अर्ब क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

बाढीबाट भएको कुल विपद्‌ प्रभावमा पूर्वाधार क्षेत्रको हिस्सा ४६.५५ प्रतिशत रहेको छ। तर पुनर्लाभ तथा पुनर्निर्माणका लागि आवश्यक कुल रकममा पूर्वाधार क्षेत्रको हिस्सा ६५.४७ प्रतिशत पुगेको छ।

पूर्वाधार क्षेत्रमा सडक, पुल, खानेपानी, ऊर्जा, आवासलगायत संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले यसको आवश्यकता हिस्सा बढी देखिएको हो।

भोटेकोशी बाढीले ७५७० घर पूर्ण क्षतिग्रस्त, ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव

साथै, विपद्‌पछि संरचनालाई पहिलेभन्दा बलियो र जोखिमप्रतिरोधी बनाउने गरी पुनर्निर्माण गर्नुपर्ने भएकाले क्षतिको तुलनामा पुनर्लाभ लागत उल्लेख्य रूपमा बढेको प्रतिवेदनले देखाएको छ।

उत्पादनशील क्षेत्रले भने कुल विपद्‌ प्रभावको ३६.८३ प्रतिशत हिस्सा बेहोरेको छ। तर पुनर्लाभ आवश्यकतामा यसको हिस्सा ७.०२ प्रतिशत मात्र छ। उत्पादनशील क्षेत्रमा भएको ठूलो हिस्सा आम्दानी तथा उत्पादन गुमेको आर्थिक नोक्सान भएकाले त्यसलाई भौतिक पुनर्निर्माणभन्दा आर्थिक पुनरुत्थानमार्फत सम्बोधन गर्नुपर्ने कारणले यस्तो अन्तर देखिएको हो।

प्रभावित स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा ३ हजार ४३१ भवन प्रभावित भएका छन्, जुन कुल प्रभावित भवनको करिब ४१ प्रतिशत हो।

त्यसपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा १ हजार १५६, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा १ हजार १४६ र नुवाकोटको किस्पाङ गाउँपालिकामा ७२१ भवन प्रभावित भएका छन्।

प्रतिवेदनले बाढीबाट भएको क्षति तथा नोक्सानको पुनर्लाभसँगै भविष्यमा यस्ता विपद्‌बाट हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने देखाएको छ। विशेषगरी पूर्वाधार पुनर्निर्माणलाई जोखिमप्रतिरोधी र दिगो बनाउनेतर्फ ठूलो लगानी आवश्यक पर्ने आकलन गरिएको छ।

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ०५:४१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना