२०८३ कार्तिक १३ गते बिहिबार

जसपाको विधान अधिवेशन: अध्यक्ष यादवले आज जवाफ दिँदै

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १२
Upendra_Yadav1

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्षनेताले जवाफ दिने कार्यक्रम छ । अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा सोमबार १० समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको बस्नेतले जनाए।

जसपाको प्रस्तावित विधानमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छ । यसैगरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा एउटै व्यक्ति दुईपटकभन्दा बढी एउटै पदमा बस्न नपाउने, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको हुनुपर्नेलगायतका प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

उक्त मस्यौदा विधानमा छलफलका लागि केन्द्रीय समितिका चार सय छ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित १० सहित सात सय ४६ प्रतिनिधि सहभागी रहनुभएको छ ।

प्रकाशित: २०८० असार १२ गते मङ्गलबार ११:०३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

राष्ट्रिय सभाले धमाधम स्वीकृत गर्‍यो अध्यादेश

काठमाडौँ- प्रतिनिधि सभाले बुधवार स्वीकृत गरेका ५ वटै अध्यादेश राष्ट्रिय सभाले पनि स्वीकृत गरेको छ। पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशसहित ५ वटा अध्यादेश...

प्रतिनिधि सभाले स्वीकृत गर्‍यो ५ अध्यादेश, राष्ट्रिय सभाले के गर्ला?

काठमाडौँ- प्रतिनिधि सभाले ५ वटा अध्यादेश स्वीकृत गरेको छ। पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशसहित ५ वटा अध्यादेश बुधबारको बैठकमा बहुमतले स्वीकृत भएका...

अध्यादेश पारित गराउन जसपा नेपालले सहयोग गर्छ : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश पारित गर्न जसपा नेपालले सहयोग गर्ने दाबी गरेका छन्। जनता समाजवादी नेपालसहितको समर्थनमा अध्यादेश पारित हुने उनको भनाइ छ। बिहीबार...

मधेशमा जसपाका १९ मध्ये १७ सांसद उपेन्द्रको पक्षमा

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)विभाजन भएपछि मधेस प्रदेशका १७ जना सांसद उपेन्द्र यादवको पक्षमा खुलेका छन्। सोमबार बसेको जसपा मधेश संसदीय दलको बैठकमा १६ जना उपस्थित भएको र एक जना सांसद...

अशोक राईले फुटाए जसपा, दल दर्ताको माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौँ- उपेन्द्र यादव अध्यक्ष रहेको 'जनता समाजवादी पार्टी, नेपाल' फुटेको छ। पार्टीका नेता अशोक राईले नयाँ पार्टी गठनको मागगर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। जनता समाजवादी पार्टीसँग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना