२०८३ असोज ४ गते आईतबार

सामाजिक सञ्जालको कूलत हटाउन दैनिक १५ मिनेट किताब पढ्नेलाई पैसा दिँदै सिङ्गापुर सरकार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
book

सिंगापुर: ‘डुमस्क्रोलिङ’ अर्थात् सामाजिक सञ्जाल तथा अनलाइन सामग्रीमा घण्टौँसम्म अनावश्यक रूपमा स्क्रोल गरिरहने प्रवृत्ति बढ्दै गएपछि सिंगापुरले नागरिकलाई किताब पढ्न प्रोत्साहित गर्न नयाँ योजना ल्याएको छ।

यस योजनाअन्तर्गत नागरिकले हरेक दिन कम्तीमा १५ मिनेट किताब पढेमा अंक प्राप्त गर्नेछन्। ती अंकलाई पछि नगदमा साट्न सकिनेछ। सरकारले यो योजनामार्फत सिंगापुरका नागरिकको एकाग्रता, आलोचनात्मक सोच र कल्पनाशक्ति बढाउने अपेक्षा गरेको छ।

यो योजना यही महिनादेखि सुरु भएको हो। सहभागीले सरकारको वेबसाइटमा आफ्नो दैनिक पढाइको विवरण राख्नुपर्नेछ। १५ मिनेट वा सोभन्दा बढी समय पढेमा २० भर्चुअल सिक्का प्राप्त हुनेछन्। १ हजार सिक्का जम्मा भएपछि १ सिंगापुर डलर प्राप्त हुनेछ। यसका लागि ५० वटा दैनिक पढाइ सत्र पूरा गर्नुपर्नेछ। एक दिनमा एउटा मात्र पढाइ सत्र गणना हुनेछ।

सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डकी प्रमुख मेलिसा टामले दिगो रूपमा पढ्ने बानी विकास गर्न साना र सहज कदमबाट सुरुवात गर्नुपर्ने बताइन्।

उनका अनुसार अहिले मानिसहरू अत्यधिक मात्रामा सामग्री, सूचना र मनोरञ्जनको पहुँचमा छन्। जुनसुकै बेला सयौँ शीर्षक स्क्रोल गर्न, भिडियो हेर्न वा कुनै पनि विषयको छोटो सारांश पढ्न सकिने अवस्था छ।

‘बानी साना र निरन्तर गरिने कामबाट विकास हुन्छ। त्यसैले हामी एउटा सरल लक्ष्यबाट सुरु गर्दैछौँ—दिनमा केवल १५ मिनेट पढ्ने। बसमा, सुत्नुअघि वा खाना खाने समयमा पनि पढ्न सकिन्छ,’ टामले भनिन्।

युवा सिंगापुरवासीका लागि सामाजिक सञ्जाललाई कम हानिकारक बनाउने उपायबारे पनि सरकारले विचार गरिरहेको छ। यसमा सामाजिक सञ्जाल प्रयोगका लागि दैनिक समयसीमा तोक्ने विषयसमेत समावेश छ। हालै गरिएको एक अध्ययनले डुमस्क्रोलिङ र सामाजिक सञ्जालको लत युवामा देखिने प्रमुख हानिमध्ये रहेको देखाएको थियो।

सिंगापुर सरकारले नागरिकको व्यवहारमा परिवर्तन ल्याउन आर्थिक प्रोत्साहन प्रयोग गर्दै आएको छ। यसअघि स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमअन्तर्गत हिँडडुल गर्ने नागरिकलाई सुपरमार्केट भौचर तथा दैनिक निश्चित संख्यामा पाइला चाल्नेहरूलाई पुरस्कार दिने योजनासमेत सञ्चालन गरिएको थियो।

तर, पढ्ने बानीलाई लिएर सरकारले चासो व्यक्त गरिरहे पनि सिंगापुरका विद्यार्थीहरू हालै विश्वस्तरमा पढाइमा उत्कृष्ट देखिएका छन्। सन् २०२५ को अन्तर्राष्ट्रिय विद्यार्थी मूल्यांकन कार्यक्रम (पीआईएसए) मा सिंगापुरका विद्यार्थी पढाइतर्फ विश्वको शीर्ष स्थानमा रहे। उनीहरूले चीन र ताइवानका विद्यार्थीलाई समेत पछि पारेका छन्।

प्रकाशित: २०८३ असोज १ गते बिहिबार ०४:४३
प्रतिक्रिया

थप समाचार

अमेरिकामा बढ्यो ब्याजदर,मंहगी नियन्त्रण र बचत वृद्धि हुने फेडरल रिजर्भको दाबी

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले सर्वसम्मत निर्णय गर्दै ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतबाट बढाएर ३.७५ देखि ४ प्रतिशतसम्म पुर्‍याएको हो।

एयर इन्डियालाई एकै वर्ष २ खर्ब २२ अर्ब भारु घाटा, नोक्सानीमा नयाँ कीर्तिमान

गत वर्ष जुनमा २६० जनाको ज्यान जाने गरी भएको बोइङ एआई १७१ दुर्घटनापछि एयर इन्डियाले भूराजनीतिक अवरोध, हवाई क्षेत्र बन्द, इन्धनको मूल्यमा अस्थिरता र अन्य विभिन्न सञ्चालन समस्यासहित धेरै चुनौतीहरूसँग...

अस्ट्रेलियामा आप्रवासनमा कडाइ : विद्यार्थीले परिवार लैजान नपाउने, ‘भिसा हपिङ’ रोकिँदै

अस्ट्रेलियाले आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थी, ‘भिसा हपर’ र ब्याकप्याकरलाई लक्षित गर्दै नयाँ कडा नियम घोषणा गरेको छ। नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय...

इरानविरुद्धको युद्धमा अमेरिकाले खर्चियो ३८ अर्ब डलर

इरानसँगको युद्धमा अमेरिकाले ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ। अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च भएको अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) ले जनाएको छ। मंगलबार...

२०२८ को राष्ट्रपतिमा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्। आयरल्यान्डको श्याननमा...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना