काठमाडौं – भारतमा हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ। ५ अक्टोबरबाट भारतमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्नेछ।
यि दुई टिमले इंग्ल्यान्डमा भएको अघिल्लो विश्वकपको फाइनलसम्मको यात्रा गरेका थिए। भारतमा आयोजना हुने यो विश्वकप १९ नोभेम्बरसँग हुनेछ। प्रतियोगिताका खेलहरु १० वटा फरकफरक रंगशालामा हुनेछन्।
विश्वकप खेल्ने १० टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन्। लिगको अन्तिम खेल नोभेम्बर १२ मा हुनेछ। सेमीफाइनल खेल त्यसपछि हुनेछन्।
विश्वकपका लागि जिम्बावेमा भइरहेको विश्वकप छनोटबाट दुई टिम छनोट हुनेछ। नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ। विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादको नरेद्र मोदी रंगशालामा हुनेछ।

विश्वकपको खेल तालिका।


