२०८३ असोज ४ गते आईतबार

बाँदर आतंक रोक्न सडक किनारमा नगरपालिकाको बेसार खेती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ४
besar

धनकुटा: स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ।

बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ।

नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए। हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उनले बताए।

बाँदर आतङ्कबाट किसान प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन्। बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो रु १०० का दरले १०० किलो बेसारको बीउ खरिद गरेको थियो। उत्पादन भएको बेसारको बीउ खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई वितरण गरिने उनले जानकारी दिए।

प्रकाशित: २०८३ असोज ४ गते आईतबार ०२:३३
प्रतिक्रिया

थप समाचार

नेपाल तथ्याङ्कशास्त्र समाजको अन्तर्राष्ट्रिय सम्मेलन २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं। नेपाल तथ्याङ्कशास्त्र समाज अन्तर्राष्ट्रिय सम्मेलन २०२६— आज काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा तथ्याङ्कशास्त्र तथा डेटा विज्ञानका क्षेत्रमा भएका पछिल्ला विकास, अनुसन्धान तथा...

विदेशी महिला नेपाल ल्याउँदै ‘यौनधन्दा’मा धकेल्दै

राम्रो आम्दानी हुने काम लगाइदिने आश्वासन दिँदै युगान्डा, केन्यालगायत मुलुकबाट महिलालाई नेपाल ल्याउने र जबर्जस्ती यौन व्यवसायमा लगाइदिने गिरोह नै सक्रिय रहेको देखिन्छ। गिरोहको फन्दामा परेर...

६३ सालदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

काभ्रे: धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना...

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं। नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ। महासंघका महासचिव...

रोजगारीको नयाँ गन्तव्य बन्दै चीनको ताक्लाकोट, २ हजार बढी नेपालीले लिए अनुमति

हुम्ला: हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन्। छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाबढी...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना