२०८३ कार्तिक ११ गते मङ्गलबार

अन्डर–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ४
photo-2_ced513da

काठमाडौँ: नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको अन्डर–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र प्याब्सनकोे संयुक्त आयोजनामा प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार असोज ५ गतेदेखि असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट करिब ४० टोलीको सहभागिता रहनेछ । विद्यालय तथा युवा तहमा बास्केटबलप्रति बढ्दो आकर्षण र सहभागितालाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान् खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितालाई विद्यालय तहबाट प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधारका रूपमा लिइएको आयोजकले जनाएको छ । प्रतियोगितामार्फत खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखिएको छ ।

विशेषगरी अन्डर–१६ तहका खेलाडीको प्रतिभा पहिचान तथा छनोटलाई प्रतियोगिताको महत्वपूर्ण उद्देश्यका रूपमा अघि बढाइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा सम्भावना देखाएका खेलाडीलाई थप प्रशिक्षण, मूल्याङ्कन तथा विकासको प्रक्रियामा समेटिने आयोजकले जनाएको छ ।

पहिचान तथा विकास गरिएका प्रतिभावान् खेलाडीबाट सक्षम अन्डर–१६ राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुद (साउथ एसियन गेम्स) मा नेपालको प्रतिनिधित्व गराउने लक्ष्यसमेत राखिएको छ ।

विद्यालयहरू खेलाडी उत्पादनका महत्वपूर्ण आधार भएकाले शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउँदै विद्यालयस्तरमै गुणस्तरीय खेल वातावरण निर्माण गर्ने आयोजकको भनाइ छ । प्रतियोगिताले विद्यालय, प्रशिक्षक, खेलाडी तथा खेल क्षेत्रका सरोकारवालाबीच सहकार्य र समन्वय बढाउँदै नेपालको बास्केटबल विकासका लागि दीर्घकालीन आधार निर्माण गर्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित: २०८३ असोज ४ गते आईतबार ०४:०३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना