२०८३ असोज ३० गते शुक्रबार

धुलिखेल अस्पतालको जनशक्ति ठेक्कामा चलखेल, उजुरीपछि अब के गर्छ प्रशासन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
Guideline-for-International-Students3
तस्बिर– धुलिखेल अस्पताल डट ओरारजी

काभ्रे/धुलिखेल– काठमाडौँ विश्वविद्यालय अन्तर्गत रहेको धुलिखेल अस्पतालको आन्तरिक व्यवस्थापन तथा आपूर्ति सम्बन्धी एक महत्त्वपूर्ण ठेक्का प्रक्रियामा गम्भीर चलखेल भएको आशंका गरिएको छ।

धुलिखेल अस्पताल प्रशासनले हालै सार्वजनिक गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामार्फत भेट्रान सेक्युरिटिज ट्रेडिङ्ग्स एन्ड सप्लायर्स प्रालिलाई छनोट गरेपछि यो प्रक्रिया विवादमा तानिएको हो। अस्पतालका लागि जनशक्ति आपूर्तिको ठेक्का प्रतिस्पर्धामा रहेका अन्य स्थापित र न्युनतम् दररेटमा सहभागी कम्पनीलाई पाखा पारेपछि ठेक्का प्रक्रिया विवादित बनेको छ।

‘अस्पतालको जनशक्ति व्यवस्थापन तथा खरिद शाखाको नेतृत्वले भित्रि मिलेमतोमा श्रम ऐनको नियम बमोजिम रहेर न्युनतम् दररेटमा सहभागी योग्य कम्पनीलाई पाखा पारिएपछि यो प्रक्रियाको नियत उदांगो भएको छ’, ठेक्का प्रक्रियामा सहभागी एक कम्पनीका प्रतिनिधिले भने, ‘देशमा सुशासनको अभियान चलिरहेका बेला यस्तो खेलवाडले के सन्देश जाला?’

अस्पताल प्रशासनले सार्वजनिक गरेको आशयपत्र अनुसार भेट्रान सेक्युरिटिज ट्रेडिङ्ग्स एन्ड सप्लायर्स प्रालिको ठेक्का प्रक्रिया विवादित बनेपछि अस्पताल प्रशासन समक्ष अन्य कम्पनीले पुन:मूल्याङ्कनका लागि उजुरी समेत दिएका छन्। प्रशासबाहेक नेपाल सरकारको ‘हेलो नेपाल’मा पनि यसबारे उजुरी परेको छ। यसअघि पनि धुलिखेल अस्पतालको जनशक्ति आपूर्तिको ठेक्का पाएको भेट्रान सेक्युरिटिज ट्रेडिङ्ग्स एन्ड सप्लायर्स प्रालिलाई श्रम ऐन बमोजिम मजदुरहरूलाई सेवा सुविधा नदिएको भन्दै श्रम कार्यालयमा समेत उजुरी परेको थियो।

‘यतिसम्म कि सो कम्पनीले केही उजुरीकर्ताहरूलाई आर्थिक प्रलोभनमा पारेर उजुरी फिर्ता लिन भइरहेको चलखेल पनि सतहमा आइसकेको छ’, ती व्यवसायीले भने, ‘एकातिर विवादित कम्पनी र अर्कोतिर विवादित ठेक्का प्रक्रियालाई अस्पताल प्रशासनले कसरी निरुपण गर्नेछ, त्यो हेर्नुछ।’

प्रकाशित: २०८३ असोज ५ गते सोमबार ०९:५४
प्रतिक्रिया

थप समाचार

संस्थागत लगानीकर्ता बढाउने बोर्डको योजना, सेयर बजारमा अब ‘ठूला खेलाडी’ थपिँदै

काठमाडौँः नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला तथा दीर्घकालीन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी भएको छ। नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता...

एफएनसीसीआईको प्रतिनिधिमण्डलद्वारा पूर्वाधारमन्त्रीसँग भेट,नीतिगत सुधार र व्यवसायमैत्री वातावरण वातावरण बनाउन माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरि निजी क्षेत्रले...

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...

डा. मुकेश काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवम् युवा नेता डा. मुकेशराज काफ्ले नेपाली कांग्रेसको कन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिवेशनबाट खुल्ला...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना