काठमाडौँ: बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ८ लाख ६३ हजार २०० कित्ता सेयर ८६ हजार ३२० जना आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गरेको हो।
बाँडफाँट विवरणअनुसार आईपीओमा २३ लाख ५१ हजार ५६० वटा आवेदन प्रमाणित भएका थिए। ती आवेदकबाट कुल २ करोड ६२ लाख ९१० कित्ता सेयरका लागि आवेदन परेको थियो।
प्रमाणित आवेदनमध्ये ४६ हजार ३२७ वटा आवेदन रद्द भएका छन्। रद्द भएका आवेदनबाट ५ लाख ६९ हजार ४७० कित्ता सेयरका लागि माग गरिएको थियो।
त्यसपछि २३ लाख ५ हजार २३३ वटा आवेदन वैध ठहरिएका छन्। वैध आवेदकले कुल २ करोड ५६ लाख ३१ हजार ४४० कित्ता सेयर माग गरेका थिए।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ८ लाख ६३ हजार २०० कित्ता सेयर बाँडफाँट गर्दा ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्।
कम्पनीको आईपीओको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको थियो भने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।


