काठमाडौँ- ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको प्रकरणमा तीन जनाले अदालतबाट अदालतबाट ‘स्टे अर्डर’ लिएको खुलासा भएको छ। मंगलबार पक्राउ परेकाहरू कलाधर देउजा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसीले आफूहरूलाई पक्राउ नगर्न भन्दै अदालतबाट स्टे अर्डर लिएको खुलासा भएको हो।
देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन्। यस्तै सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले पनि स्टे अर्डर लिएका छन्। स्टे अर्डर लिएकाहरुलाई रिहा गर्ने तयारी भइरहेको छ।
मंगलबार ललिता निवास प्रकरणमा ६ जना पक्राउ परेका छन्। यही प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसमेत पक्राउ परेका छन्। पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोतका कर्मचारीहरु धर्मप्रसाद गौतम र गोपाल कार्की छन्।


