काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । यस दिन बजारस ७.०६ अंकले बढेर नेप्से परिसूचक २६५४.२८ बिन्दु कायम भएको छ ।
सोमबार भने नेप्सेमा प्राविधिक समस्या देखिएपछि कारोबार नै स्थगन गरिएको थियो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यसअघि शुक्रबार पौने ७ अर्बको सेयर कारोबार भएकामा आज ७ अर्ब ५ करोड रुपैयाँबराबरको धितोपत्र खरिदबिक्री भएको हो ।
आज १३७ वटाको मूल्य बढ्दा १३१ वटाको घटेको छ भने ११ वटाको स्थिर छ ।
मिड सोलु हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्दा स्नो रिभर्सका लगानीकर्ताले ८.२३ प्रतिशत घाटा व्यहोरेका छन् ।
आज हाथवे इन्भेष्टमेन्ट कम्पनीको कारोबार उच्च भएको छ । उक्त कम्पनीको मात्र ४४ करोड ४० लाखको कारोबार भएको छ ।


