२०८३ कार्तिक ११ गते मङ्गलबार

भैरहवामा ३.४ अर्बको ‘र्‍याडिसन होटल’: ७८ प्रतिशत काम सकियो, २०२८ मा सञ्चालन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
radisson_hotel

काठमाडौँ: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि भैरहवामा ठूला लगानीका तारे होटलहरू खुल्ने क्रम बढेको छ। बुद्धको जन्मस्थल र नेपाल–भारत सीमा नजिक भएकाले भैरहवा हाल पर्यटन ‘हब’ बनेको छ। यस क्षेत्रमा निजी क्षेत्रबाट होटलमा लगानी बढिरहेको छ।

यसैगरी भैरहवाको वेलहियामा व्यावसायिक घरानाहरूको सहवित्तीयकरणमा पाँचतारे र्‍याडिसन डिलक्स होटल निर्माण भइरहेको छ। हालसम्म होटलको भवन निर्माण ७८ प्रतिशत सम्पन्न भएको छ। यस्तै वित्तीय प्रगति ३२ प्रतिशत भएको अनन्त हस्पिटालिटी लिमिटेडले जनाएको छ। अनन्त हस्पिटालिटीले होटल सञ्चालन सम्झौता (अपरेटिङ फ्रेन्चाइज एग्रिमेन्ट) र्‍याडिसन होटल ग्रुपसँग गरेको छ।

‘र्‍याडिसन होटल भैरहवा’ ब्राण्डमा सञ्चालन हुने भएको छ। होटल बनाउन ३ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माणाधीन होटलमा १३१ कोठाहरू हुने भएका छन्।

आगामी सन् २०२८ मा होटल सञ्चालन गर्ने योजना अनन्त हस्पिटालिटीको छ। होटलको इन्टेरियर डिजाइनको काम सुरु हुन लागेको छ। होटल नेपाल–भारत सीमा सुनौली नजिक र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलोमिटर दुरीमा छ। होटलले भारतीय पर्यटकलाई लक्षित गरेको छ।

व्यावसायिक घराना भुसाल ग्रुपले निर्माण गरिरहेको होटल र्‍याडिसन भैरहवामा नयाँ लगानीकर्ताको प्रवेश भएको छ। सुस्त गतिमा निर्माण भइरहेको र्‍याडिसन होटल भैरहवामा गरिमा होल्डिङ लिमिटेड र रारा इको इन्भेष्टमेन्ट लिमिटेडको प्रवेश भएको हो।

दुई नयाँ लगानीकर्ताको प्रवेशपछि ३३ प्रतिशत भुसाल ग्रुप, ३३ प्रतिशत रारा इको र ३३ प्रतिशत गरिमाको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। नयाँ लगानीकर्ताको प्रवेशपछि होटलको अध्यक्षको जिम्मेवारी रारा इकोका प्रमुख कदम केसीले पाएका छन्।

भुसाल ग्रुपको बनाइरहेको र्‍याडिसन होटलमा नयाँ लगानीकर्ताको प्रवेश, एक अर्ब २० करोड लगानी

नयाँ लगानीकर्ताले होटलमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन्। जसअनुसार गरिमाले ६० करोड र रारा इकोले ६० करोड रुपैयाँ लगानी गरेका छन्।

होटलमा नयाँ लगानीकर्ताको प्रवेशसँग एभरेष्ट बैंकले पनि एक अर्ब १० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ। यस्तै १ अर्ब १० करोड ऋणको रेटिङ भएको छ। डबल बी माइन स्कोर पाएको छ।

होटलमा ऋण भन्दा पनि स्वपुँजी (इक्विटी) बढी लगानी भएको छ। जसअनुसार ६४ प्रतिशत संस्थापकको इक्विटी र बाँकी ३६ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।

लगानीकर्ताहरूको होटल बिजनेस पहिलो हो। होटल बिजनेस नयाँ भएकाले ऋण भारको जोखिम कम लिन स्वपुँजी बढी लगानी गर्ने ती सञ्चालकले जानकारी दिए।

यसअघि भुसाल ग्रुपले मेगा होटलको नाममा सञ्चालनमा ल्याउने तयारी गरेको थियो। होटलको सुरुवाती लागत एक अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको थियो। कोभिड महामारीले समय थपिएपछि लागत बढेर डेढ अर्ब रुपैयाँसम्म पुगेको थियो।

साढे दुई बिघा क्षेत्रफलमा फैलिएको सो होटल एट सेपमा निर्माण भइरहेको छ। होटलमा तीन रेष्टुराँ, झण्डै हजार जना अट्ने बैंक्वेट हल, दुई मिटिङ हल, स्पा, स्वीमिङ पुल,क्यासिनोका साथै स्पोटर्स सेन्टर रहने छ।

बिलासी होटलहरूलाई सामान्यतया लगानी पुनः प्राप्त गर्न लामो अवधि चाहिन्छ। अन्तर्राष्ट्रिय प्रतिष्ठा र रेडिसन ब्रान्डको विश्वव्यापी नेटवर्कमार्फत व्यवस्थापन गरिने अपेक्षा गरिएको छ। तर नेपालको होटल उद्योगअत्यधिक प्रतिस्पर्धी रहेको छ।

पूर्व–पश्चिम राजमार्गसँग निर्वाध सम्पर्कको साथ बुटवल–सुनौली करिडोरमा अवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ३ किलोमिटरमा रहेको होटल परियोजनाले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रु दुवैको लागि पहुँच प्रदान गर्दछ।

वार्षिक तीर्थयात्री, कर्पोरेट पाहुना र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य खोज्ने सीमापार पर्यटकहरूको उच्च मागलाई होटलले पूरा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार १०:१७
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना