२०८३ कार्तिक १४ गते शुक्रबार

आजदेखि पर्पल रंग मिसिएको १ हजार दरका नयाँ नोट बजारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
rupes

काठमाडौँः नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। ‘सिरिज २०२५’ को नयाँ नोट साविककै आकारमा भए पनि यसको रङ संयोजनमा परिवर्तन गरिएको छ। नोटमा पर्पल अर्थात् बैजनी रङको घेराभित्र फिक्का हरियो रङ देखिने गरी डिजाइन गरिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नयाँ नोटको संकेत नम्बर ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको छ।

कस्तो छ नयाँ १ हजारको नोट ?

नयाँ नोटको मध्य भागमा नेपाल राष्ट्र बैंकको परम्परागत प्रतिज्ञामूलक भुक्तानी वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सर्वोच्च शिखर सगरमाथाको चित्र छ। दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको चित्र र त्यसको मुनि ‘१०००’ अंक देखिने गरी पानीछाप राखिएको छ।

नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा नीलो रङको ‘सी–थ्रु रजिस्टर’ मार्फत ‘१०००’ को पूर्ण आकृति देखिन्छ।

सुरक्षा विशेषता थप बलियो

नयाँ नोटमा नक्कली नोट नियन्त्रणका लागि विभिन्न सुरक्षा विशेषता राखिएको राष्ट्र बैंकले जनाएको छ।

सगरमाथाको दायाँपट्टि रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र राखिएको छ। उक्त चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङमा देखिन्छ।

त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइको विशेष चलायमान सुरक्षा धागो प्रयोग गरिएको छ। यो धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। धागोमा ‘एनआरबी’ र ‘१०००’ अंक राखिएको छ।

दृष्टिविहीन नागरिकले पनि छोएर नोट पहिचान गर्न सकून् भनेर नोटको दायाँतर्फको तल्लो भागमा रोमन अक्षर ‘एम’ राखिएको छ। सगरमाथा र पानीछापको दायाँ–बायाँ १०÷१० वटा स्पर्शबाट महसुस गर्न सकिने तेर्सा रेखा पनि राखिएका छन्।

नोटमा गभर्नर पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो भागमा ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।

पछाडि जुम्ल्याहा हात्तीको चित्र

नयाँ नोटको पछाडिको मध्य भागमा चितवनको सरकारी हात्तीसारमा रहेका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ।

राष्ट्र बैंकका अनुसार देवकली नामको हात्तीबाट जन्मिएका राम र लक्ष्मण दुर्लभ जुम्ल्याहा हात्ती हुन्।

चित्रको माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। पानीछापको दायाँतर्फ नेपालका सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका फूल राखिएका छन्।

नोटको दायाँतर्फ ‘रुपिज वन थाउजेन्ड’ लेखिएको छ। त्यही भागमा ऐतिहासिक हनुमानढोका दरबारस्थित ल्होंचोकमा रहेको पुरातात्त्विक महत्त्वको थामको आकृति पनि राखिएको छ।

नोटको तल्लो भागमा अन्तर्राष्ट्रिय सिरिज जनाउने गरी ‘२०२५ ए.डी.’ उल्लेख गरिएको छ।

प्रकाशित: २०८३ असोज ८ गते बिहिबार ११:०३
प्रतिक्रिया

थप समाचार

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना