काठमाडौँः बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज परिसूचक नेप्से ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ भने मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ११.५८ प्र्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


