२०८३ असोज १८ गते आईतबार

शुक्रबार १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
nrb_head

काठमाडौँः बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको ‘१ महिने निक्षेप संकलन उपकरण’ बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट अतिरिक्त रकम आफ्नो प्रणालीमा तान्ने उद्देश्यले यो उपकरण प्रयोग गर्न लागिएको हो। यसबाट बैंकिङ प्रणालीमा तत्काल उपलब्ध तरलताको केही हिस्सा राष्ट्र बैंकमा जानेछ।

निक्षेप संकलन उपकरणका लागि असोज १६ गते दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम मार्फत मात्र बोलपत्र पेस गर्नुपर्नेछ।

उपकरण असोज १६ गते नै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज कात्तिक १३ गते भुक्तानी गरिनेछ। यसको ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी संस्थाले बहु(ब्याजदरमा समेत बोल पेस गर्न सक्नेछन्।

१८ अर्ब रुपैयाँको उपकरण बाँडफाँड गर्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा प्राप्त बोल रकम कुल निष्कासन रकमभन्दा बढी भएमा उपलब्ध रकमलाई प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। एउटा संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १८ अर्ब रुपैयाँसम्म, १० करोडले भाग जाने गरी बोल गर्न सक्नेछ।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ११:३३
प्रतिक्रिया

थप समाचार

एक रूपैयाँका ४० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि राष्ट्र बैंकले प्रक्रिया अघि...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट...

एक दर्जन बैंकले सेयरधनीलाई दसैंअघि लाभांश दिने

केही वाणिज्य बैंक र विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। केही बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभाको मिति समेत तय गरेका छन्। लाभांश घोषणा गर्ने बैंकहरूको संख्या बढ्दै जाँदा सेयरधनीले...

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ: सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहिवार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसअनुसार...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना