२०८३ असोज १८ गते आईतबार

बाढीपीडित बीमितलाई ६ महिनासम्म ब्याज नलाग्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
bima pradhikaran

काठमाडौँः गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बिमितलाई नेपाल बिमा प्राधिकरणले बिमा दाबी भुक्तानीदेखि बिमाशुल्क तथा बिमालेख कर्जासम्म विभिन्न सुविधा दिने भएको छ।

प्राधिकरणले जीवन बिमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै बाढीका कारण बिमाशुल्क वा बिमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने बिमितलाई ६ महिनासम्म ब्याज नलाग्ने गरी मोहलत अवधि थप गर्न भनेको छ।

यस्तै, बाढी प्रभावित बिमित तथा हकवालाको हितलाई ध्यानमा राख्दै मृत्यु दाबी, समर्पण, बिमालेख कर्जा तथा परिपक्व भुक्तानीका लागि आवश्यक प्रमाण, कागजात र प्रक्रियालाई समेत सरल बनाइएको छ।

मृत्यु दाबीका लागि बिमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बिमालेख नम्बर तथा दाबीकर्तासँगको नाता खुलाउनुपर्नेछ। नाता प्रमाणित गर्ने कागजात र दाबीकर्ताको परिचय खुल्ने सरकारी परिचयपत्र पेश गरे पुग्ने व्यवस्था गरिएको छ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जामध्ये कुनै एक कागजातलाई परिचय खुल्ने प्रमाणका रूपमा स्वीकार गर्न सकिनेछ। बाढीका कारण सक्कल बिमालेख उपलब्ध नभए कम्पनीको अभिलेखमा रहेको प्रतिलिपिलाई आधार मान्न सकिनेछ। बिमितले प्रतिलिपि माग गरेमा बिमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

बाढी वा विपद्का कारण मृत्यु भएको प्रमाणित गर्न अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी प्रमाणित विवरण वा सिफारिसपत्रलाई आधार मान्न सकिनेछ। न्यायिक रूपमा गरिएको मृत्यु घोषणालाई समेत मान्यता दिने व्यवस्था गरिएको छ।

बाढीका कारण बिमा कम्पनीमा रहेका बिमासम्बन्धी कागजात नष्ट भएको अवस्थामा सम्बन्धित बिमित तथा अभिकर्ताले उपलब्ध विवरणका आधारमा अभिलेख अद्यावधिक गर्न सहयोग गर्नुपर्नेछ।

त्यस्तै, बाढीका कारण बेपत्ता भएका बिमितको हकमा पनि दाबी भुक्तानी प्रक्रिया सहज बनाइएको छ। हकवालाले भविष्यमा बिमित जीवित रहेको प्रमाणित भए प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वःघोषणा वा प्रतिबद्धता पत्र दिएपछि दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ०६:५८
प्रतिक्रिया

थप समाचार

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा दाबी भुक्तानी गर्न अपर्याप्त...

आईएमई लाइफका संस्थापक सेयर बिक्रीमा

काठमाडौँः आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पौने ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा कम्पनीका...

५२ प्रतिशत नागरिक बीमाको पहुँचमा, एक महिनामै ३३ अर्ब बढ्यो प्रिमियम

बीमाको पहुँच बढेसँगै बीमा कम्पनीहरूको प्रिमियम संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। जेठ मसान्तसम्म ५१.०२ प्रतिशत रहेको बीमाको पहुँच असार मसान्तसम्ममा बढेर ५२.०४ प्रतिशत पुगेको छ।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना