२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
nepal_reinsurance

काठमाडौँ: सरकारको समेत स्वामित्व रहेको नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नकारात्मक असर पार्न सक्ने भनी निगरानीको सूचीमा राखिएको छ। नेपाल रि–इन्स्योरेन्सको जोखिम दायित्व बढ्ने संभावना देखिएपछि कम्पनीको शाख (क्रेडिट रेटिङ) घटुवा भएको छ।

कम्पनीको वित्तीय स्थितिमा पर्न सक्ने ठूलो प्रभाव मुख्य कारण रहेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ। यही भदौ १० मा भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी आकस्मिक बाढीसँग सम्बन्धित दाबी भुक्तानीमा कम्पनीको हिस्साका कारण उत्पन्न हुन सक्ने इक्राले औल्याएको छ।

उक्त बाढीले ठूलो मानवीय क्षति पुर्याउनुका साथै नदी बेसिन क्षेत्रका ७०० मेगावाट जडित क्षमता भएका १४ जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ।

विनासकारी बाढीले भन्सार जाँचपासको पर्खाइमा रहेका सवारी साधनलगायत धेरै निजी तथा व्यावसायिक सवारी साधनहरू बगाएको छ। अन्य बीमायोग्य सम्पत्तिमा पनि क्षति पुर्याएको छ।

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा (क्याटास्ट्रोफी कभर) दाबी भुक्तानी गर्न अपर्याप्त हुन सक्ने सम्भावना इक्राले औँल्याएको छ। यसले कम्पनीको पहिले नै कमजोर भइसकेको खुद सम्पत्तिको स्थितिलाई अझ कमजोर बनाउन सक्ने दाबी इक्राको छ।

बाढीको क्रेडिट अपडेटः १४ जलविद्युत् आयोजनामा क्षति, बीमालाई दबाब, बैंकिङमा कम असर

बाढीले बीमा क्षेत्रमासमेत ठूलो दाबी सिर्जना गर्ने देखिएको छ। घर, सवारीसाधन, आयातका क्रममा रहेका सामान तथा अन्य बिमित सम्पत्तिमा भएको क्षतिका कारण साधारण बीमा कम्पनीमा दाबी बढ्ने अनुमान गरिएको छ। त्यस्तै, मानवीय क्षतिका कारण जीवन बीमा कम्पनीमा समेत दाबी बढ्न सक्ने इक्राले औल्याएको छ।

यस घटनाका कारण नेपाल रि–इन्स्योरेन्स कम्पनीको रेटिङ घटाइएको तथा केही बीमा कम्पनीलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ सूचीमा राखिएको इक्रा नेपालले जनाएको छ। यद्यपि, केही कम्पनीको ठूलो प्राकृतिक विपत्तिका लागि गरिएको बीमा सुरक्षाले सम्भावित क्षति व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

२०८२ को भदौ २४ को दङ्गासँग सम्बन्धित दाबीहरूका कारण सिर्जना भएको थियो। यद्यपि, कम्पनीको वित्तीय र तरलता स्थितिमा पर्ने वास्तविक प्रभाव अन्ततः दाबीको अन्तिम रकमले नै निर्धारण गर्नेछ। तसर्थ, यो विषय रेटिङको सन्दर्भमा निगरानी गरिरहनुपर्ने एक प्रमुख पक्ष बनेको इक्राले स्पष्ट पारेको छ।

रेटिङ ए बाट ए माइसनमा

इक्राले नेपाल रि–को इस्यूअर रेटिङलाई इक्रा एनपी आईआर ए बाट घटाएर ए माइनस कायम गरेको छ। यो रेटिङ नकारात्मक प्रभावको सम्भावनासहितको निगरानीअन्तर्गत यथावत राखिएको छ।

परिमार्जित रेटिङले वित्तीय दायित्वहरूको समयमै भुक्तानी गर्ने सन्दर्भमा पर्याप्त सुरक्षाको स्तर रहेको संकेत गर्दछ। यस्ता संस्थामा कर्जा जोखिम न्यून हुन्छ। रेटिङ चिन्हमा जोडिने प्लस वा माइनसको संकेतले सम्बन्धित रेटिङ वर्गभित्र उक्त संस्थाको सापेक्षिक स्थितिलाई जनाउँछ।

यो रेटिङ सम्बन्धित संस्थाको सामान्य कर्जा योग्यतासम्बन्धी एक धारणा मात्र हो। यो कुनै विशिष्ट ऋण उपकरणसँग सम्बन्धित नभएको इक्राले स्पष्ट पारेको छ।

नेपाल रि–इन्स्योरेन्स सन् २००३ मा स्थापना गरिएको इन्स्योरेन्स पुलको उत्तराधिकारी संस्था हो। उक्त पुलको स्थापना नेपालमा माओवादी द्वन्द्वका समयमा दङ्गा, तोडफोड, आतंकवाद र दुर्भावनापूर्ण कार्यबाट हुने क्षतिको जोखिम बहन गर्ने उद्देश्यले गरिएको थियो।

पछि उक्त पुललाई पुनर्बीमा कम्पनीमा रूपान्तरण गरी कम्पनी ऐन, २०६३ अन्तर्गत नोभेम्बर २०१४ मा नेपाल रि–इन्स्योरेन्स दर्ता गरिएको थियो। यो कम्पनी डिसेम्बर २०१४ मा नेपालको पहिलो पुनर्बीमा कम्पनीका रूपमा सञ्चालनमा आएको हो।

मध्य जुलाई २०२५ सम्ममा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड र खुद सम्पत्ति २० अर्ब ५२ करोड रुपैयाँ छ। संस्थापक र सर्वसाधारण सेयर अनुपात ८४ः१६ छ।

कम्पनीको प्रमुख सेयरधनीहरूमा नेपाल सरकारको ४४, निर्जीवन बीमा कम्पनीहरूको २७, जीवन बीमा कम्पनीहरूको ६, पब्लिक लिमिटेड कम्पनीहरूको ७ र सर्वसाधारणको १६ प्रतिशत छ।

प्रकाशित: २०८३ भदौ २९ गते सोमबार ०३:११
प्रतिक्रिया

थप समाचार

आईएमई लाइफका संस्थापक सेयर बिक्रीमा

काठमाडौँः आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पौने ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा कम्पनीका...

५२ प्रतिशत नागरिक बीमाको पहुँचमा, एक महिनामै ३३ अर्ब बढ्यो प्रिमियम

बीमाको पहुँच बढेसँगै बीमा कम्पनीहरूको प्रिमियम संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। जेठ मसान्तसम्म ५१.०२ प्रतिशत रहेको बीमाको पहुँच असार मसान्तसम्ममा बढेर ५२.०४ प्रतिशत पुगेको छ।

भोटेकोशी बाढीको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थ मन्त्रालय सक्रिय

काठमाडौँः भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट जलविद्युत आयोजना, भौतिक पूर्वाधार, सवारीसाधन, कृषि तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सरल, पारदर्शी र द्रुत बनाउन...

रसुवा बाढीः २५ अर्ब ८७ करोडको बीमा दाबी पर्ने अनुमान, ओरिएन्टल एक्लैलाई १३ अर्बको भार

भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीले नेपालको निर्जीवन बीमा क्षेत्रमा हालसम्मकै ठूलोमध्येको एक 'वित्तीय झट्का’ दिएको छ।

सिटिजन लाइफद्वारा डेढ करोड सहयोग, प्रभावित बीमितको अवस्था बुझ्न विशेष पहल

काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना