२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
nepal_reinsurance

काठमाडौँ: सरकारको समेत स्वामित्व रहेको नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नकारात्मक असर पार्न सक्ने भनी निगरानीको सूचीमा राखिएको छ। नेपाल रि–इन्स्योरेन्सको जोखिम दायित्व बढ्ने संभावना देखिएपछि कम्पनीको शाख (क्रेडिट रेटिङ) घटुवा भएको छ।

कम्पनीको वित्तीय स्थितिमा पर्न सक्ने ठूलो प्रभाव मुख्य कारण रहेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ। यही भदौ १० मा भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी आकस्मिक बाढीसँग सम्बन्धित दाबी भुक्तानीमा कम्पनीको हिस्साका कारण उत्पन्न हुन सक्ने इक्राले औल्याएको छ।

उक्त बाढीले ठूलो मानवीय क्षति पुर्याउनुका साथै नदी बेसिन क्षेत्रका ७०० मेगावाट जडित क्षमता भएका १४ जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ।

विनासकारी बाढीले भन्सार जाँचपासको पर्खाइमा रहेका सवारी साधनलगायत धेरै निजी तथा व्यावसायिक सवारी साधनहरू बगाएको छ। अन्य बीमायोग्य सम्पत्तिमा पनि क्षति पुर्याएको छ।

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा (क्याटास्ट्रोफी कभर) दाबी भुक्तानी गर्न अपर्याप्त हुन सक्ने सम्भावना इक्राले औँल्याएको छ। यसले कम्पनीको पहिले नै कमजोर भइसकेको खुद सम्पत्तिको स्थितिलाई अझ कमजोर बनाउन सक्ने दाबी इक्राको छ।

बाढीको क्रेडिट अपडेटः १४ जलविद्युत् आयोजनामा क्षति, बीमालाई दबाब, बैंकिङमा कम असर

बाढीले बीमा क्षेत्रमासमेत ठूलो दाबी सिर्जना गर्ने देखिएको छ। घर, सवारीसाधन, आयातका क्रममा रहेका सामान तथा अन्य बिमित सम्पत्तिमा भएको क्षतिका कारण साधारण बीमा कम्पनीमा दाबी बढ्ने अनुमान गरिएको छ। त्यस्तै, मानवीय क्षतिका कारण जीवन बीमा कम्पनीमा समेत दाबी बढ्न सक्ने इक्राले औल्याएको छ।

यस घटनाका कारण नेपाल रि–इन्स्योरेन्स कम्पनीको रेटिङ घटाइएको तथा केही बीमा कम्पनीलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ सूचीमा राखिएको इक्रा नेपालले जनाएको छ। यद्यपि, केही कम्पनीको ठूलो प्राकृतिक विपत्तिका लागि गरिएको बीमा सुरक्षाले सम्भावित क्षति व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

२०८२ को भदौ २४ को दङ्गासँग सम्बन्धित दाबीहरूका कारण सिर्जना भएको थियो। यद्यपि, कम्पनीको वित्तीय र तरलता स्थितिमा पर्ने वास्तविक प्रभाव अन्ततः दाबीको अन्तिम रकमले नै निर्धारण गर्नेछ। तसर्थ, यो विषय रेटिङको सन्दर्भमा निगरानी गरिरहनुपर्ने एक प्रमुख पक्ष बनेको इक्राले स्पष्ट पारेको छ।

रेटिङ ए बाट ए माइसनमा

इक्राले नेपाल रि–को इस्यूअर रेटिङलाई इक्रा एनपी आईआर ए बाट घटाएर ए माइनस कायम गरेको छ। यो रेटिङ नकारात्मक प्रभावको सम्भावनासहितको निगरानीअन्तर्गत यथावत राखिएको छ।

परिमार्जित रेटिङले वित्तीय दायित्वहरूको समयमै भुक्तानी गर्ने सन्दर्भमा पर्याप्त सुरक्षाको स्तर रहेको संकेत गर्दछ। यस्ता संस्थामा कर्जा जोखिम न्यून हुन्छ। रेटिङ चिन्हमा जोडिने प्लस वा माइनसको संकेतले सम्बन्धित रेटिङ वर्गभित्र उक्त संस्थाको सापेक्षिक स्थितिलाई जनाउँछ।

यो रेटिङ सम्बन्धित संस्थाको सामान्य कर्जा योग्यतासम्बन्धी एक धारणा मात्र हो। यो कुनै विशिष्ट ऋण उपकरणसँग सम्बन्धित नभएको इक्राले स्पष्ट पारेको छ।

नेपाल रि–इन्स्योरेन्स सन् २००३ मा स्थापना गरिएको इन्स्योरेन्स पुलको उत्तराधिकारी संस्था हो। उक्त पुलको स्थापना नेपालमा माओवादी द्वन्द्वका समयमा दङ्गा, तोडफोड, आतंकवाद र दुर्भावनापूर्ण कार्यबाट हुने क्षतिको जोखिम बहन गर्ने उद्देश्यले गरिएको थियो।

पछि उक्त पुललाई पुनर्बीमा कम्पनीमा रूपान्तरण गरी कम्पनी ऐन, २०६३ अन्तर्गत नोभेम्बर २०१४ मा नेपाल रि–इन्स्योरेन्स दर्ता गरिएको थियो। यो कम्पनी डिसेम्बर २०१४ मा नेपालको पहिलो पुनर्बीमा कम्पनीका रूपमा सञ्चालनमा आएको हो।

मध्य जुलाई २०२५ सम्ममा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड र खुद सम्पत्ति २० अर्ब ५२ करोड रुपैयाँ छ। संस्थापक र सर्वसाधारण सेयर अनुपात ८४ः१६ छ।

कम्पनीको प्रमुख सेयरधनीहरूमा नेपाल सरकारको ४४, निर्जीवन बीमा कम्पनीहरूको २७, जीवन बीमा कम्पनीहरूको ६, पब्लिक लिमिटेड कम्पनीहरूको ७ र सर्वसाधारणको १६ प्रतिशत छ।

प्रकाशित: २०८३ भदौ २९ गते सोमबार ०३:११
प्रतिक्रिया

थप समाचार

अनलाइन परीक्षामा अनियमितता गर्ने ४१ परीक्षार्थीमाथि बीमा प्राधिकरणको कारबाही

काठमाडौँः नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको पाइएपछि ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्नुका साथै तीन महिनासम्म...

बाढीपीडित बीमितलाई ६ महिनासम्म ब्याज नलाग्ने

काठमाडौँः गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बिमितलाई नेपाल बिमा प्राधिकरणले बिमा दाबी भुक्तानीदेखि बिमाशुल्क तथा बिमालेख कर्जासम्म विभिन्न सुविधा दिने भएको छ। प्राधिकरणले जीवन बिमा...

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

आईएमई लाइफका संस्थापक सेयर बिक्रीमा

काठमाडौँः आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पौने ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा कम्पनीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना