२०८३ असोज १८ गते आईतबार

मूल्यवृद्धि कम गर्न १० करोड ब्यारल डिजल निकासा गर्ने जी सेभेन राष्ट्रहरूको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १७
crude_oil

बीबीसी। इन्धनको बढ्दो मूल्यका कारण आपूर्ति प्रणालीमा उत्पन्न दबाव कम गर्न जी सेभेन राष्ट्रहरू १० करोड ब्यारल डिजल निकासा गर्न सहमत भएका छन्।

उक्त कदमले आउँदा दिनहरूमा डिजलको पर्याप्त आपूर्तिू सुनिश्चित गर्ने अमेरिकासहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएका थिए। जुन कदमले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्तामाथि परेको मूल्यको दबाव कम गर्न सक्ने भए पनि अन्य देशमा भने डिजलको मूल्य बढाउने थियो।

जी सेभेन देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति पनि भएको संयुक्त वक्तव्यमा बताएका छन्।

जी सेभेनमा अमेरिका, ब्रिटेन, क्यानडा, जापान, जर्मनी, इटली र फ्रान्स उन्नत मुलुकहरु आबद्ध छन्। उसका बैठकहरूमा युरोपेली संघको पनि प्रतिनिधित्व हुने गर्छ।

ट्रम्पको धम्की

युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की ट्रम्पले दिएका थिए।

युरोपले आफ्नो विशाल भण्डारणबाट डिजल निकासा गर्न भर्खरै सहमति जनाएको छ। यो प्रक्रिया तुरुन्तै प्रारम्भ हुने छ शुक्रवार ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी किसान, ट्रक चालक तथा व्यवसायहरूलाई बढ्दो मूल्यको ूबोझ वहन गर्न छोड्नु हुँदैन भनी तर्क गरेका छन्।

यातायात उद्योग र कृषिमा डिजलको अत्यधिक प्रयोग हुने गर्छ। इन्धनको बढ्दो मूल्यले खाद्यान्न जस्ता आवश्यक वस्तुहरूलाई पनि असर गर्छ।

तर जी सेभेनका नेताहरूको बैठकपछि फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) सँगको समन्वयमा भण्डारबाट चार महिनाभित्र १० करोड ब्यारलसम्म निकासा गर्न समूह सहमत भएको बताए।

बैठकमा ब्रिटेनको प्रतिनिधित्व विदेशमन्त्री एड मिलिब्यान्डले गरेका थिए। यी उपायहरूले ऊर्जा आपूर्तिलाई स्थिर बनाउने, आपूर्ति शृङ्खलालाई सुदृढ बनाउने र घरपरिवार तथा व्यवसायहरूलाई अचानक निम्तिने महँगीको असरबाट जोगाउने उनले बताए।

आपसी समन्वयमा चालिने कदमले पेट्रोलियम उत्पादनहरू विशेष गरी डिजलको मूल्य घटाउनेू माक्रोनले दाबी गरेका छन्।

पछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने विचार कहिल्यै पनि टेबुलमा थिएन भनी दाबी गरे।

हामी आईईएमार्फत् समन्वयात्मक ढङ्गले १० करोड ब्यारल डिजल निकासा गरी हाम्रा प्रतिबद्धताहरू पूरा गर्ने छौँ। जी सेभेनका सदस्य र साझेदार देशहरूले पहिलो २० दिनभित्र पर्याप्त मात्रामा डिजल निकासा गर्ने संयुक्त वक्तव्यमा जी सेभेनका नेताहरूले भनेका छन्।

कुन साझेदार देशले आफ्नो भण्डारणबाट कति मात्रामा र कति चाँडो निकासा गर्ने छ भन्ने कुरा चाहिँ स्पष्ट छैन।

त्यो १० करोड ब्यारल डिजल र कच्चा तेलको मिश्रण हुने छ। ब्रेन्ट क्रूडको मूल्य केही समयका लागि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा तल झरेको थियो। शनिबार व्यारलको १०२ डलर माथि पुग्यो।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको कारोबार प्रतिब्यारल करिब ७३ डलरमा भइरहेको थियो।

केप्लरस्थित कमोडिटी अनुसन्धान निर्देशक म्याट स्मिथले साउदी अरब र हुथी विद्रोहीहरूबीच यमनमा जारी नयाँ लडाइँका कारण तेलको मूल्यमा वृद्धि भएको बताए।

युरोपमा रणनीतिक तेल भण्डारबाट तेल आपूर्ति गर्ने घोषणा गरिएपछि तेलको मूल्यमा ठूलो गिरावट आएको थियो। तर, साउदी अरबले बाब अल मान्डेब हुँदै सुरक्षित आवागमनको मार्ग पुनःस्थापित गर्ने उद्देश्यले यमनमा सैन्य कारबाहीको तयारी गरिरहेको छ भन्ने हल्ला चलेपछि तेलको मूल्य फेरि उकालो लाग्यो।

प्रकाशित: २०८३ असोज १७ गते शनिवार ०६:५१
प्रतिक्रिया

थप समाचार

विश्व बजारमा खाद्यान्नको मूल्य बढ्यो, चिनीको भाउ ६.१ प्रतिशत वृद्धि

यूएनका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार संघको खाद्य तथा कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक सेप्टेम्बरमा औसत १३६ अंक पुगेको छ।

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

भारतीय सेयर लगानीकर्ताले गुमाए २६० खर्ब भारु, कोभिड काल र वित्तीय संकटभन्दा ठूलो असर

भारतीय सेयर बजारले लगातार आठ सातासम्म गिरावट व्यहोर्दै पछिल्लो २५ वर्षकै लामो साप्ताहिक गिरावटको रेकर्ड बनाएको छ। सन् २०२० को कोभिड महामारी र सन् २००८ को विश्वव्यापी वित्तीय संकटको समयमा...

कसले पाउला नोबल शान्ति पुरस्कार? २८७ जना दाबेदारमा डोनाल्ड ट्रम्पदेखि मार्क कार्नीसम्म

काठमाडाैँ:  यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका...

भारतीय सेयर बजारमा भारी गिरावट, एकै दिन सेन्सेक्स १२०० अंक घट्यो

बजारमा आएको तीव्र गिरावटका कारण बम्बे स्टक एक्सचेन्ज (बीएसई) मा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण करिब १० लाख करोड भारतीय रुपैयाँले घटेको छ। यससँगै बीएसईको कुल बजार पुँजीकरण ४६२ लाख करोड...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना