२०८३ कार्तिक ११ गते मङ्गलबार

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
gagan

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक तथा राष्ट्रिय कार्यदिशाको खाका प्रस्तुत गरेका हुन्।

थापाको प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, राजनीतिक उपलब्धि, विगतका कमजोरी तथा पूरा हुन बाँकी दायित्वको समीक्षा गरिएको छ। पछिल्ला वर्षमा पार्टीभित्र देखिएको सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढेको दूरीलाईसमेत आत्मसमीक्षाको विषय बनाइएको छ।

निर्वाचनमा भएको पराजय तथा पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनबाट प्राप्त उपलब्धि र जनतासामु गरिएका अधुरा प्रतिबद्धताबीचको अन्तर पहिचान गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको छ।

त्यस्तै, भदौमा भएको जनउभारदेखि १५औँ महाधिवेशनसम्मको राजनीतिक घटनाक्रम, बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीच बढ्दो दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ तथा विश्वमा भइरहेको तीव्र परिवर्तनलाई वर्तमान राष्ट्रिय परिवेशका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।

प्रतिवेदनले लोकतन्त्रप्रतिको असन्तुष्टि विस्तारै लोकतन्त्रकै अस्वीकारतर्फ जान सक्ने जोखिमप्रति समेत सचेत गराएको छ। लोकरिझ्याइँले वास्तविक जनअसन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने भन्दै कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक र समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

जिम्मेवार प्रतिपक्षदेखि राष्ट्रिय शक्तिसम्म

थापाले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने राजनीतिक दल नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका गुनासा सुन्ने, तथ्य र प्रमाणमा आधारित निष्कर्ष निकाल्ने तथा समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ।

कांग्रेसको भूमिका प्रतिपक्षमा मात्र सीमित नराखी राष्ट्रिय शक्ति तथा लोकतान्त्रिक सन्तुलनको आधारका रूपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ।

यसका लागि सामाजिक आन्दोलनका सन्देशलाई संस्थागत रूपान्तरण गर्ने, राजनीतिक ऊर्जालाई लोकतान्त्रिक संस्थागतकरणमा जोड्ने र सार्वजनिक विश्वास पुनर्निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

पुस्तागत परिवर्तन, नयाँ राजनीतिक नेतृत्वको प्रवेश र नेतृत्व निर्माणलाई कांग्रेसको आगामी महत्वपूर्ण कार्यभारका रूपमा प्रतिवेदनमा प्रस्तुत गरिएको छ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नयाँ व्याख्या

प्रतिवेदनमा कांग्रेसको वैचारिक आधारलाई २१औँ शताब्दीको बदलिँदो परिवेशअनुकूल पुनव्र्याख्या गर्ने प्रयास गरिएको छ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई कांग्रेसका स्थायी राजनीतिक आदर्शका रूपमा राख्दै तिनलाई समुन्नत नेपालको लक्ष्यसँग जोडिएको छ।

राष्ट्रियतालाई राष्ट्रको स्वाधीनता र जनताको सामूहिक स्वशासनसँग, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्वसँग तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ।

यी तीन राजनीतिक आदर्शलाई स्वतन्त्र राष्ट्र, सार्वभौम नागरिक र न्यायपूर्ण समाज निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय मेलमिलापलाई असहमतिका बीच साझा राष्ट्रिय समुदाय निर्माण गर्ने माध्यमका रूपमा अघि सारिएको छ।

‘समुन्नत नेपाल’ निर्माणको अवधारणा

थापाको प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष ‘समुन्नत नेपाल’ निर्माणको अवधारणा हो। लोकतान्त्रिक, संवैधानिक, सामाजिक–आर्थिक तथा मानवीय आधारमा समुन्नत नेपाल निर्माण गर्ने दृष्टिकोण प्रतिवेदनमा अघि सारिएको छ।

समुन्नतिलाई केवल आर्थिक वृद्धिसँग सीमित नगरी नागरिकको सामथ्र्य, अवसर, सहनिर्माण र जवाफदेहितासँग जोड्नुपर्ने प्रस्ताव गरिएको छ। राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै विकासको प्रतिफल नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

‘कस्तो कांग्रेसरु’ भन्ने प्रश्नको जवाफ

प्रतिवेदनले आगामी कांग्रेसलाई ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ पार्टीका रूपमा विकास गर्नुपर्ने निष्कर्ष अघि सारेको छ। यसका लागि सदस्यता विस्तारसँगै नागरिक सहभागिता र पार्टीभित्र स्वामित्वको भावना बढाउने, तहगत समन्वय सुदृढ गर्ने तथा साझा सामथ्र्यमा आधारित संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ।

आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, अर्थपूर्ण समावेशिता कायम गर्ने, विभिन्न पुस्ताबीच सहकार्य बढाउने तथा राष्ट्रिय सरोकारका विषयमा सामाजिक आन्दोलनको नेतृत्व गर्ने कांग्रेस निर्माणलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, विचार तथा नेतृत्व निर्माणको केन्द्रका रूपमा पार्टीलाई विकास गर्ने, जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धता तय गर्ने तथा पार्टीको वित्तीय प्रणालीलाई स्वच्छ र पारदर्शी बनाउने विषयसमेत प्रतिवेदनमा समेटिएका छन्।

थापाले आफ्नो आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका लक्ष्य हासिल गर्ने राजनीतिक योजना अघि सारेका छन्।

प्रतिवेदनको निष्कर्षमा नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रको प्रतिफल जनजीवनमा पुर्‍याउने तथा कांग्रेसले आफ्ना मूल राजनीतिक मूल्यप्रति दृढ अडान कायम राख्ने विषयलाई केन्द्रमा राखिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत थापाको राजनीतिक प्रतिवेदनले पार्टीको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण तथा कांग्रेसको वैचारिक र संगठनात्मक रूपान्तरणसम्मको समग्र खाका अघि सारेको छ।

 

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०८:४७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना